Saturday, December 27, 2025
spot_img

५ महिनामा भित्रिए ३८ सय ईभी

spot_img

चालु आर्थिक वर्ष २०८२/०८३ को ५ महिनामा ३ हजार ८ सय युनिट विद्युतीय सवारी साधन (ईभी जीप, कार र भ्यान) आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि मंसिर सम्ममा ३ हजार ७९८ युनिट ईभी आयात भएका हुन् ।

यस अवधिमा ५० किलोवाट सम्मका १ हजार २१५ युनिट ईभी नेपाल भित्रिएका छन् । यस्तै, ५१ देखि १०० किलोवाट सम्मका २ हजार १६४ युनिट, १०१ देखि २०० किलोवाट सम्मका ४१४ युनिट र २०१ देखि ३०० किलोवाट सम्मका ५ युनिट ईभी नेपालमा आयात भएको भन्सार विभागले जनाएको छ ।

८ अर्ब ९५ करोड ५१ लाख ४० हजार मूल्य बराबरका यी विद्युतीय कार आयात हुँदा सरकारले ५ अर्ब ५६ करोड ३३ लाख ९८ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

गत आर्थिक वर्षको ५ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा ईभी आयात घटेको हो । गत वर्ष साउनदेखि मंसिर मसान्तसम्म ४ हजार ६९५ युनिट विद्युतीय कार आयात भएका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

रौतहटस्थित एक मदिरा उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको...

एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा विशेष छुट

एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रा. लि. बीच...

५ लाख ८३ हजार ९ सयले भरे रिलायन्स स्पिनिङ्गको आईपीओ, २५ अर्ब बढीको आवेदन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग...

नेटवर्थ सुधारेर ठमेल प्लाजा होटेलले फेरि माग्यो आईपीओ निष्काशन अनुमति

ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्काशन गर्नको...

रिहा भए प्रभु बैंकका सीइओ शेरचन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका...

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा...
spot_img
spot_img