Tuesday, September 8, 2026
spot_img

काई नेपालद्वारा राउण्ड टेबलसँगको सहकार्यमा चम्पादेवी सरसफाइ अभियान सम्पन्न

spot_img

विद्युतीय सवारी ब्राण्ड काई नेपालले राउण्ड टेबल नेपालसँगको सहकार्यमा चम्पादेवी हाइकिङ ट्रेल सरसफाइ तथा सचेतना अभियान सम्पन्न गरेको छ । सरसफाइमा कम्पनी प्रतिनिधि, राउण्ड टेबल नेपालका सदस्य तथा स्वयंसेवक गरी ४६ जनाको सहभागिता रहेको थियो ।

अभियानका क्रममा टोलीले ट्रेलभरि छरिएको फोहर संकलन गर्दै १२ बोरा फोहर संकलन गरेको छ । सरसफाइसँगै सहभागीहरूले हाइकर तथा आगन्तुकलाई व्यक्तिगत फोहर संकलन झोला बोकेर हिँड्न र प्राकृतिक स्थानमा फोहर नफाल्न अपिल पनि गरेका छन् ।

संकलित फोहरलाई छुट्याएर व्यवस्थापनका लागि पठाइएको अभियान टोलीले जानकारी दिएको छ । साथै, ट्रेलका विभिन्न स्थानमा बारम्बार फोहर फालिने बिन्दुहरू पहिचान गरी यात्रुहरूलाई स्वच्छता सम्बन्धी राम्रो अभ्यास अपनाउन प्रेरित गरिएको छ ।

अभियानपछि काई नेपाल र राउण्ड टेबल नेपालका प्रतिनिधिहरूले सामूहिक प्रयासले ट्रेल सफा राख्न सहयोग पुगेको भन्दै समुदायबाट प्राप्त सकारात्मक प्रतिक्रियाप्रति धन्यवाद व्यक्त गरेका छन् । प्राकृतिक स्थलहरूको संरक्षणमा यस्ता गतिविधिले कर्पोरेट सामाजिक उत्तरदायित्वको प्रभावकारिता झनै मजबुत बनाएको उनीहरूको भनाइ छ ।

राउण्ड टेबल नेपालका अनुसार साना व्यवहारिक परिवर्तन—जस्तै फोहर बोकेर हिँड्ने तथा निर्धारित स्थानमै फोहर राख्ने—ले वातावरण संरक्षणमा ठूलो योगदान पुर्‍याउन सक्छ ।

चम्पादेवी सरसफाइ तथा सचेतना अभियानलाई काठमाडौं उपत्यकाका प्राकृतिक स्थलहरूको दीगो संरक्षणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ। आयोजक दुवै संस्थाले आगामी दिनमा पनि यस्ता पहल निरन्तर गर्ने प्रतिबद्धता जनाएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

वर्ल्डलिंकद्वारा बाढी प्रभावितको लागि १ करोड १ लाख रुपियाँ सहयोग

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले भोटेकोशी बाढी प्रभावितको...

नेपाल टेलिकमका कर्मचारीको तर्फबाट २ करोड २ लाख सहयोग

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका...