फोर्थिङ (Forthing) ब्रान्डको नेपालका लागि अधिकृत वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रा. लिले तिहारको अवसरमा विशेष अफर “Forthing Tihar Vibe” घोषणा गरेको छ। यो विशेष अफर असोज २७ देखि कात्तिक ३, २०८२ गतेसम्म सञ्चालन हुनेछ।
कम्पनीका अनुसार अफर अन्तर्गत ग्राहकहरूले स्टाइल, परफर्मेन्स र इनोभेशन मिसिएको ब्रान्डको प्रिमियम इलेक्ट्रिक एसयूभी “Forthing Friday” अनुभव गर्न सक्नेछन्। यो सीमित समयको अफरमा, ग्राहकहरूले थुप्रै रोमाञ्चक सुविधा र उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीका अनुसार यस अभियनमा निम्न अफर समावेश छन्।
● बुकिङमा आइफोन १७ प्रो (iPhone 17 Pro) प्राप्त गर्ने अवसर
● आकर्षक नगद छुट
● ८ वर्षको वारेन्टी
● ६ वर्षसम्म निःशुल्क सर्भिसिङ
● ७ kW होम चार्जर
● स्पेयर टायर
● १ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क
फ्युचरिस्टिक डिजाइन, आधुनिक सुरक्षात्मक विशेषता र वातावरणमैत्री प्रदर्शनसहित फोर्थिङ फ्राइडेले नेपाली सवारी बजारमा प्रिमियम ईभी ड्राइभको नयाँ स्तर ल्याएको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीका अनुसार सहरका सडकहरूदेखि सप्ताहन्तका यात्रासम्मका लागि उपयुक्त, Friday EV मा ६४.४ kWh ब्याट्री र ९९ kW मोटर जडान गरिएको छ, जसले WLTP मापदण्ड अनुसार ४०० किलोमिटरको दायरा प्रदान गर्छ। यसको भित्री डिजाइन आरामदायी, काममा सहज र स्मार्ट डिजाइनलाई प्राथमिकता दिँदै तयार गरिएको छ। यसका साथै, प्रिमियम मसाज स्पोर्ट्स सिट समावेश गरिएको छ जसले ड्राइभिङ अनुभवलाई अझ उत्कृष्ट बनाउँछ, र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेटको सुविधा पनि थपिएको छ।
अभियानबारे बोल्दै लक्ष्मी ई–मोबिलिटी प्रा.लि. ले भनेको छ “‘Forthing Tihar Vibe’ हाम्रो लागि केवल एउटा अफर होइन – यो तिहारको उत्सवलाई हाम्रा सम्मानित ग्राहकहरूसँग साझा गर्ने विशेष अवसर हो। हामी सफा, स्मार्ट र अत्याधुनिक मोबिलिटीको यात्रातर्फ अघि बढ्दैछौं र चाहन्छौं कि हाम्रा ग्राहकहरूले Forthing Friday चलाउँदा केवल प्रविधि होइन, भावनात्मक अनुभव पनि गर्न सकून्। तिहार उज्यालोपना, सम्बन्ध र उत्सवको पर्व हो — र Forthing Friday सँग हरेक कदम पनि त्यही रमाइलो अनुभव झल्किन्छ।”
ग्राहकहरूले थापाथली र नमसालस्थित Forthing Showroom बाट Forthing Friday को आधुनिक डिजाइन, फराकिलो इन्टेरियर, स्मार्ट ड्राइभिङ प्रणाली र उत्कृष्ट प्रदर्शन नजिकबाट अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ। अभियान अवधिभर टेस्ट ड्राइभ र व्यक्तिगत परामर्श सेवा पनि उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ।









