Sunday, November 9, 2025
spot_img

नेपाली उपभोक्ताको मन जित्दै ‘जिली EX5’

spot_img

हालसालै नेपाली बजारमा प्रवेश गरेको विश्व-विख्यात ईभी ब्राण्ड जिली भ्ह्छ ले नेपाली उपभोक्ताहरुको मन जित्न थालेको छ । नेपालमा सार्वजनिक भएको केवल दुई महिनामै जिली EX5 Max र EX5 Pro का गैरीधारास्थित शोरुममा ग्राहक तथा उपभोक्ताहरुको भीड लागीरहँदा गाडीको टेस्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनीय वृद्धि भएको हो ।

जसले नेपाली उपभोक्ताहरुको विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड जिली अटोमोबाइल ग्रुपप्रतिको विश्वासलाई झल्काएको छ ।

काठमाडौं लगायत पोखरा र विराटनगरसम्मका ग्राहकहरू गैरीधारा शोरूममा आएर जिली EX5 लाई प्रत्यक्ष रूपमा अनुभव गर्दा EX5 मोडलका स्मार्ट, आकर्षक र वातावरणमैत्री SUV देखेर प्रभावित भएका छन् ।

“हामीले सोचेभन्दा निकै राम्रो प्रतिक्रिया पाएका छौं,” एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठ भन्छन्, “शोरूम बाहिर लाइन लागेका दृश्यहरू, रेकर्ड संख्यामा टेस्ट ड्राइभ दर्ता, यी सबैले देखाउँछ कि नेपालीहरू जिलीको ‘स्मार्ट र दिगो मोबिलिटी’ को दृष्टिकोणसँग गहिरो रूपमा जोडिएका छन् ।”

उनका अनुसार, टेस्ट ड्राइभमा सहभागी ग्राहकहरूले EX5 को स्मूथ परफर्मेन्स, र भविष्यकेन्द्रित डिजाइनको प्रशंसा गर्दै यसलाई ‘नेपालले कुरिरहेको EV’ को संज्ञा दिएका छन् ।

एलआरआर मोटर्सले हाल फोन र सामाजिक सञ्जालमार्फत परिवार, युवा, ब्यवसायी, पेशाकर्मी र ईभि पारखीहरूबाट अत्यधिक सोधपुछ र रुचि प्राप्त गरेको छ । धेरै ग्राहकहरूले EX5 को रेंञ्ज, विश्वसनीयता र आधुनिक सुविधाप्रति विश्वास व्यक्त गर्दै यसलाई २०२५ को सबैभन्दा चर्चित विद्युतीय SUV मध्ये एकको उपमा दिएका छन् ।

“जिली EX5 प्रगतिशील सोच र आत्मविश्वासको प्रतीक हो,” एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले भने, “हामीले पाएको जिली EX5 प्रतिको उत्साह र स्विकार्यताले नेपाली उपभोक्ताहरुले उनीहरू जिली ग्रुपको गौरवपूर्ण इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न उत्साहित रहेको देखाएको छ ।”

उच्च मागका कारण, एलआरआर मोटर्सले शोरूम समय विस्तार र थप टेस्ट ड्राइभको समय बढाएको घोषणा गरेको छ । हाल गैरिधारास्थित शोरूम बिहान ९ बजे देखि साँझ ८ बजेसम्म सञ्चालनमा छ, साथै शनिबार र सार्वजनिक बिदामा पनि खुला रहेको बताइएको छ ।

यो उत्साहलाई थप उचाइमा पु¥याउन, एलआरआर मोटर्सले आफ्ना ग्राहकहरूका लागि विशेष फेस्टिभ अफरहरू घोषणा गरेको छ । अफर अन्तर्गत नयाँ खरिदकर्ताहरूले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याक लगायतका लाभ प्राप्त गर्न सक्नेछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

एक्यानको अध्यक्षमा अनुप नेपाल निर्वाचित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को अध्यक्षमा अनुप नेपाल...
spot_img
spot_img
spot_img