Monday, April 20, 2026
spot_img
spot_img

नेपाली उपभोक्ताको मन जित्दै ‘जिली EX5’

spot_img
spot_img

हालसालै नेपाली बजारमा प्रवेश गरेको विश्व-विख्यात ईभी ब्राण्ड जिली भ्ह्छ ले नेपाली उपभोक्ताहरुको मन जित्न थालेको छ । नेपालमा सार्वजनिक भएको केवल दुई महिनामै जिली EX5 Max र EX5 Pro का गैरीधारास्थित शोरुममा ग्राहक तथा उपभोक्ताहरुको भीड लागीरहँदा गाडीको टेस्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनीय वृद्धि भएको हो ।

जसले नेपाली उपभोक्ताहरुको विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड जिली अटोमोबाइल ग्रुपप्रतिको विश्वासलाई झल्काएको छ ।

काठमाडौं लगायत पोखरा र विराटनगरसम्मका ग्राहकहरू गैरीधारा शोरूममा आएर जिली EX5 लाई प्रत्यक्ष रूपमा अनुभव गर्दा EX5 मोडलका स्मार्ट, आकर्षक र वातावरणमैत्री SUV देखेर प्रभावित भएका छन् ।

“हामीले सोचेभन्दा निकै राम्रो प्रतिक्रिया पाएका छौं,” एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठ भन्छन्, “शोरूम बाहिर लाइन लागेका दृश्यहरू, रेकर्ड संख्यामा टेस्ट ड्राइभ दर्ता, यी सबैले देखाउँछ कि नेपालीहरू जिलीको ‘स्मार्ट र दिगो मोबिलिटी’ को दृष्टिकोणसँग गहिरो रूपमा जोडिएका छन् ।”

उनका अनुसार, टेस्ट ड्राइभमा सहभागी ग्राहकहरूले EX5 को स्मूथ परफर्मेन्स, र भविष्यकेन्द्रित डिजाइनको प्रशंसा गर्दै यसलाई ‘नेपालले कुरिरहेको EV’ को संज्ञा दिएका छन् ।

एलआरआर मोटर्सले हाल फोन र सामाजिक सञ्जालमार्फत परिवार, युवा, ब्यवसायी, पेशाकर्मी र ईभि पारखीहरूबाट अत्यधिक सोधपुछ र रुचि प्राप्त गरेको छ । धेरै ग्राहकहरूले EX5 को रेंञ्ज, विश्वसनीयता र आधुनिक सुविधाप्रति विश्वास व्यक्त गर्दै यसलाई २०२५ को सबैभन्दा चर्चित विद्युतीय SUV मध्ये एकको उपमा दिएका छन् ।

“जिली EX5 प्रगतिशील सोच र आत्मविश्वासको प्रतीक हो,” एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले भने, “हामीले पाएको जिली EX5 प्रतिको उत्साह र स्विकार्यताले नेपाली उपभोक्ताहरुले उनीहरू जिली ग्रुपको गौरवपूर्ण इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न उत्साहित रहेको देखाएको छ ।”

उच्च मागका कारण, एलआरआर मोटर्सले शोरूम समय विस्तार र थप टेस्ट ड्राइभको समय बढाएको घोषणा गरेको छ । हाल गैरिधारास्थित शोरूम बिहान ९ बजे देखि साँझ ८ बजेसम्म सञ्चालनमा छ, साथै शनिबार र सार्वजनिक बिदामा पनि खुला रहेको बताइएको छ ।

यो उत्साहलाई थप उचाइमा पु¥याउन, एलआरआर मोटर्सले आफ्ना ग्राहकहरूका लागि विशेष फेस्टिभ अफरहरू घोषणा गरेको छ । अफर अन्तर्गत नयाँ खरिदकर्ताहरूले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याक लगायतका लाभ प्राप्त गर्न सक्नेछन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...

अमेरिका–इरानबीचको दोस्रो चरणको वार्ता अनिश्चित, फेरि युद्द सुरु हुने जोखिम

अमेरिका र इरानबीचको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतामा हुने भनिएको...

स्थानीयलाई स्नो रिभर्सको आईपीओ बाँडफाँड, लगानीकर्ताले पाए ९७० कित्तासम्म शेयर

स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ...

१३.१७ अंकले घट्यो शेयरबजार, १५ प्रतिशतले बढ्यो ४ कम्पनीको शेयर

आज सोमबार शेयरबजार परिसूचक नेप्से घटेको छ। आज नेप्से...

इप्पानको साधारणसभा जेठ २९ मा, अध्यक्ष बन्दै मोहन डाँगी

जलविद्युत उत्पादकहरुको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को...

गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण, भन्छन् ‘शेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो?’

विवादित व्यवसाय दिपक भट्टको कम्पनीमा गरिएको शेयर लगानीबारे गृहमन्त्री...
spot_img