Wednesday, July 8, 2026
spot_img

उद्योग र व्यवसायिक प्रतिष्ठानले २० प्रतिशत डाउनपेमेन्टमा गाडी किन्न पाउने

spot_img

उद्योग तथा वयवसायिक प्रतिष्ठानले अब २० प्रतिशत डाउनपेमेन्टमै गाडी किन्न पाउने भएका छन् । जेनजी आन्दोलनबाट प्रभावितहरुलाई विभिन्न सहुलियत घोषणा गर्दै राष्ट्र बैंकले उद्योग तथा व्यावसायिक प्रतिष्ठानलाई २० प्रतिशत डाउनपेमेन्टमा गाडी किन्ने सुविधा दिएको हो ।

‘जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ९ीयबल तय ख्बगिभ च्बतष्य० ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ’ राष्ट्र बैंकद्वारा जारी निर्देशनमा भनिएको छ ।

यसर्थ, जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानले अब ८० प्रतिशत फाइनान्सिङ सुविधामा गाडी खरिद गर्न पाउने छन् ।

तर, जेनजी आन्दोलनबाट प्रभावित नभएका उद्योग प्रतिष्ठान र व्यक्तिगत रुपमा सवारी खरिद गर्दा ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने यसअघिको प्रावधान यथावत नै राखिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img