Wednesday, July 8, 2026
spot_img

रेसिङ अटोमोबाइल्सले पूराना गाडी किन्ने उपभोक्तालाई ‘दुर्घटनारहित प्रमाणपत्र’ दिने

spot_img

काठमाडौँको कलङ्की खसीबजारमा अवस्थित रेसिङ अटोमोबाइल्सले पूराना गाडीहरूको बिक्री गर्दा ‘दुर्घटना रहित प्रमाणपत्र’ (No Accidental Certificate) वितरण गर्न सुरु गरेको छ । रेसिङ अटोमोबाइल्सले आफ्ना ग्राहकहरूको लागि गाडीको दुर्घटनारहित प्रमाणपत्र वितरण गर्ने कार्यलाई बुधबार काठमाडौँमा एक समारोहका बीच सार्वजनिक गरेको हो ।

सो समारोहमा रेसिङ अटोमोबाइल्सका अध्यक्ष र प्रबन्ध निर्देशक रुद्र ढुंगेलले राष्ट्रिय अनुसन्धान विभागका पूर्व डिआइजी लक्ष्मण गुरुङलाई पहिलो प्रमाणपत्र हस्तान्तरण गर्दै नयाँ स्किमको थालनी गरेका हुन् । सो अवसरमा ढुंगेलले यस प्रकारको प्रमाणपत्र वितरणको उद्देश्य ग्राहकहरूलाई पूराना गाडीहरूको बारेमा रहेको अविश्वास र शंका निराकरण गर्नु रहेको बताए ।

ढुंगेलले भने, ‘हामीले बिक्री गरेको गाडी आजका मितिसम्म कुनै दुर्घटनामा परेको छैन भन्ने प्रमाणपत्र प्रदान गर्दा भविष्यमा यदि उक्त गाडीको यसअघी नै दुर्घटना भएको प्रमाणित भएमा हामी सो गाडीलाई खरिद मूल्यमा फिर्ता लिने र नगद फिर्ता गर्ने ग्यारेन्टी पनि दिनेछौँ ।’

यस पहलले रिकण्डिशन गाडीको व्यापारमा भइरहेको अविश्वास र धोकाधडीको समस्या समाधान गर्ने विश्वास राखिएको छ ।

कार्यक्रममा अटोमोबाइल्सका व्यापार सल्लाहकार सिताराम भट्टराईले दुर्घटनारहित प्रमाणपत्र वितरणको उद्देश्य बारे प्रकाश पारेका थिए । रेसिङ्ग अटोमोबाइल्सले जिम्मेवार, पारदर्शी र स्वच्छ व्यापारलाई केन्द्रमा राखेर विगतदेखि नै यसप्रकारका विभिन्न योजनाहरू सार्वजनिक गर्दै आएकोमा दुर्घटनारहित प्रमाणपत्र वितरण गरेर थप जिम्मेवारी आफ्नो काममा लिएको उनले बताए ।

पहिलो प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रिय अनुसन्धान विभागका पूर्व डीआइजी लक्ष्मण गुरुङले यसप्रकारको जिम्मेवारीपूर्ण व्यापार रेसिङले थालनी गरेकोमा खुसी प्रकट गर्दै आफूले पूरानो गाडी खरिद गर्दा पनि एउटा निश्चिन्तता प्राप्त गरेकोमा धन्य भएको बताए ।

कार्यक्रममा बोल्दै सलीको इन्सुरेन्सका नयाँबजार शाखा प्रबन्धक शम्भु बस्यौलाले गाडी खरिद गर्दाका मितिसम्मको जिम्मा रेसिङले बोकेझैँ त्यसपछिका दुर्घटनाका हरेक जिम्मेवारी आफूहरुले बोक्ने जानकारी दिए ।

सो अवसरमा, रेसिङ अटोमोबाइल्सका मेकानिकल इन्जिनियर घनश्याम रजकले भने, ‘हामी गाडी खरिद गर्दा प्रत्येक गाडीको स्थिति ध्यानपूर्वक मूल्याङ्कन गर्छौं र हामीले गाडीको कन्डिसनमा विश्वास राखेर मात्रै यस प्रकारको प्रमाणपत्र वितरण गर्ने हिम्मत गरेका छौं ।’

सो समारोहमा सहभागी बनेका बैंक र बीमा कम्पनीका प्रतिनिधिहरूले पनि रेसिङ अटोमोबाइल्सको व्यापारिक दृष्टिकोण र पारदर्शिता सम्बन्धी सकारात्मक टिप्पणी गरेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img