नेपालमा हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले सेप्टेम्बर २०२५ लाई हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सवका रुपमा मनाउँदै छ ।
नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको छ ।
क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट performance मार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा एक छुट्टै पहिचान बनाएको छ । वर्षौंदेखि यसका विभिन्न मोडल तथा अपग्रेडहरू सार्वजनिक भएका छन्, जसले हरेक चोटि performance र style मा नयाँ मानक स्थापना गरेको छ ।
क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले आफ्नो नवीन प्रविधिसँग दिगो र वातावरण मैत्री यात्रालाई एक साथ अगाडि बढाएको छ । अहिलेसम्मको यात्रामा क्रेटाले नेपालका सडकहरूमा हजारौँ परिवारलाई भरपर्दो साथ र गुणस्तरीय सेवा दिँदै आएको छ ।
यस महत्त्वपूर्ण अवसरमा हुन्डाई नेपालले क्रेटाको सफलताको लागि सम्पूर्ण ग्राहक, डिलर तथा साझेदारहरू प्रति आभार व्यक्त गरेको छ । आगामी दिनहरुमा पनि आधुनिक प्रविधि र प्रतिबद्धताका साथ, हुन्डाईले नेपालमा समृद्ध जीवन र दिगो यात्राको भविष्य निर्माणमा साथ रहने लक्ष्य राखेको छ ।













