Monday, April 20, 2026
spot_img
spot_img

नाडाको विशेष साधारणसभा रोक्न सीडीओ कार्यालयको निर्देशन

spot_img
spot_img

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको विशेष साधारणसभा रोक्न स्थानीय प्रशासनले उर्दी जारी गरेको छ । भदौ २४ गतेका लागि डाकिएको विशेष साधारणसभा रोक्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएपछि नाडाभित्र अन्योलको अवस्था सिर्जना भएको छ ।

गत साधारणसभाबाट चुनिएका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई अध्यक्ष करण चौधरीले कार्यसमिति बैठकसमेत नराखी सदस्यमा घटुवा गरिदिएपछि उत्पन्न विवाद उत्कर्षमा पुगिरहेकै बेला नाडाको विशेष साधारणसभा आह्वान गरिएको थियो । महासंघमा रुपान्तरण हुने निर्णयलाई पारित गराउन विशेष साधाणसभा बोलाइएको थियो । तर, जिल्ला प्रशासन कार्यालयले उक्त विशेष साधारणसभा रोकेर एक हप्ताभित्र उपस्थित हुन निर्देशक दिएपछि अन्योल उत्पन्न भएको हो ।

‘उपरोक्त सम्बन्धमा गैरकानूनी तरिकाले बोलाउन लागिएको विशेष साधारण सभा रोकी पाउँ भनी यस कार्यालयमा मिति २०८२/०५/१६ मा निवेदन दर्ता भएकोले विधान बमोजिम वार्षिक साधारणसभा नबोलाई के–कति कारणले विशेष साधारणसभा गर्न लागिएको हो ? जिल्ला प्रशासन कार्यालयमा पटक–पटक विधान संशोधनको विषयमा छलफल भए पनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो ?’ प्रशासनले नाडालाई सोधेको छ, ‘विशेष साधारणसभा बोलाउनको लागि गरिएका निर्णयहरु सहित ७ (सात) दिनभित्र यस कार्यालयमा उपस्थित हुनु हुन र हाल गर्न लागिएको भनिएको विशेष साधारणसभा स्थगित गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...

अमेरिका–इरानबीचको दोस्रो चरणको वार्ता अनिश्चित, फेरि युद्द सुरु हुने जोखिम

अमेरिका र इरानबीचको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतामा हुने भनिएको...
spot_img