सन् २०२२ देखि नेपालमा Henrey Volts इलेक्ट्रिक गाडीको आधिकारिक आयातकर्ता तथा वितरक एस. क्यूब इन्टरप्राइजेज प्रा.लि. ले Henrey Volts Model C Pro सार्वजनिक गर्ने भएको छ । बहुप्रतीक्षित यो लामो दूरी यात्रा गर्न सक्ने इलेक्ट्रिक सिटी कारलाई कम्पनीले नाइमा मोबिलिटी एक्स्सोको अवसर पारेर नेपाली बजारमा लन्च गर्ने भएको हो ।
कम्पनीले Model H को सफलतापछि अब अझ नयाँ, अझ शक्तिशाली Model C Pro ल्याउन लागेको हो । Model H ले काठमाडौंमा मात्र ३०० भन्दा बढी ग्राहकहरू पाएको थियो । आकर्षक डिजाइन, २०० किमी रेञ्ज र नेपालकै पहिलो प्रीमियम डोरस्टेप सेवा प्रणालीको कारण Model H निकै सफल मानिएको थियो ।
Model C Pro का फिचर्सहरु
Model C Pro ले प्रदर्शन, चार्जिङ र सुविधा सबै क्षेत्रमा नयाँ स्तर स्थापित गर्ने लक्ष्य राखेको छ । Model h मा१७.३ kWh को ब्याट्री रहेकोमा अब नयाँ मोडल Model C Pro मा २५ kWh लिथियम ब्याट्री पाउन सकिन्छ ।
एक पटकको चार्जमा ३०० किमी यसले एक पटकको ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसमा ३५ kW को मोटर पावर पाउन सकिन्छ ।
Model H मा AC स्लो चार्जिङ (३.३kW) थियो भने अब C Pro ले ३० kW DC फास्ट चार्जिङ सपोर्ट गर्नेछ । जसले ४० मिनेटभित्र ८० प्रतिशतसम्म चार्ज हुनेछ ।
३३८० मिमि लम्बाइ, १४९९ मिमि चौडाइ, ४.८५ मिटर टर्निङ रेडियस भएको यस गाडी काठमाडौँका साँघुरा गल्लीका लागि उपर्युक्त हुनेछ । साथै, सानो ठाउँमा पनि सहजै पार्किङ गर्न सकिनेछ ।
यसमा एलुमिनियम ह्वील, ९ इन्चको टचस्क्रिन र ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले जस्ता विशेषता पनि छन् । एक एयरब्याग, ABS, EBD, हिल होल्ड असिस्ट, ISOFIX, रियर पार्किङ रडार, रिभर्स क्यामेरा, LED DRLs, स्मार्ट की, रिमोट लकिङ, दुई USB पोर्ट, ब्लुटुथ मिडिया सिस्टम, दुई-टोन इन्टेरियर, स्पोर्टी स्टेयरिङ ह्वील, इलेक्ट्रिक विन्डोज जस्ता फिचर्सले भरिएको यस गाडी नाइमा एक्स्पोमा टेस्ट ड्राइभ गर्न पनि पाइनेछ ।
कम्पनीले यसको सुरुवाती अफर मूल्य २३ लाख रुपैयाँभन्दा कम रहेको जनाइएको छ । एक्स्पोमा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुट पनि उपलब्ध हुनेछ ।













