Thursday, April 23, 2026
spot_img
spot_img

आईपीओको तयारीमा रहेको महानगर यातायातले सञ्चालनमा ल्यायो विद्युतीय बस

spot_img
spot_img

काठमाडौँको ‘रिङ– रोड’ (चक्रपथ)मा सार्वजनिक यातायात सेवा दिँदै आएको महानगर यातायात प्रा.लि.ले आज बुधबारबाट विद्युतीय बस सञ्चालनमा ल्याएको छ । कम्पनीले आजबाट १२ वटा ठूला विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।

प्रा.लि.बाट पब्लिक कम्पनीमा रुपान्तरण हुने र सर्वसाधारणलाई समेत आईपीओ निष्काशनको तयारीमा रहेको कम्पनीले १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो । कम्पनीका अध्यक्ष शन्तोष खतिवडाको अध्यक्षतामा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महानगर यातायातका विद्युतीय बस शुभारम्भ गरेका हुन् ।

चेरी वन्डाले बनाएका यी बसले एकपटकमा ६८ जनासम्म यात्रु बोक्ने छन् । १४४.९२ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा आएका यी गाडीहरु एक पटकको फूल चार्जमा ३९२ किलोमिटर कुद्ने जनाइएको छ । कम्पनीले कलंकीमा चार्जिङ स्टेशन पनि बनाइरहेको छ ।

यी बसको ग्राउण्ड क्लियरेन्स ३८५ एमएम छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १० गते बिहीबार बसेको मन्त्रिपरिषद बैठक सम्पन्न...

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...

शिर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न गठित आयोगले थाल्यो काम

 सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले  औपचारिक रूपमा कार्य...

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौँको एभरेष्ट हस्पिटलमा उपचार गराउँदा...
spot_img