Tuesday, August 25, 2026
spot_img
spot_img

खाद्यले १३ केन्द्रमार्फत समर्थन मूल्यमा धान खरिद गर्ने, पैसा सिँधै किसानको खातामा पठाइने

spot_img

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा विभिन्न १३ केन्द्रमार्फत धान खरिद गर्ने निर्णय गरेको छ । कार्तिक ८ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यको अध्यक्षतमा बसेको बैठकले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा धान खरिद गर्न विभिन्न १३ वटा खरिद केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो ।

धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानेर १३ वटा खरिद केन्द्र सञ्चालन गर्ने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत आचार्यले जानकारी दिए । उनका अनुसार महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, बीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडमा खरिद केन्द्र सञ्चालन गरिनेछ ।

आवश्यकता अनुसार खरिद उपकेन्द्र सञ्चालन गर्न सकिने निर्णयसमेत गरिएको छ । कम्पनीले धान खरिद गर्दा किसान सुचीकरण फाराम भरी प्रमाणित गरी एक प्रति किसानलाई दिने र एक प्रति खरिद केन्द्रले अभिलेखका रुपमा राख्ने प्रबन्ध गरेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ निर्धारण गरेको छ ।

धान खरिद बापतको रकम सोझै किसानको बैंक खातामा अनलाइन माध्यमबाट जम्मा गरिने प्रमुख कार्यकारी अधिकृत आचार्यले जानकारी दिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...

‘सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गर्नुहुन्न’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...