Tuesday, August 25, 2026
spot_img
spot_img

किसानलाई चाहिन्छ १३ लाख टन मल, सरकार जम्मा ६ लाख टन ल्याउने तयारीमा

spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि मल आपुर्तिको जिम्मा पाएका संस्थाका प्रमुखहरुलाई बोलाएर झपारेको भिडियो अहिले छ्यापछ्याप्ती छ । तर, स्वयम् सरकार भने कुल मागको आधा भन्दा कम मात्रै मल ल्याउने योजनामा रहेको पाइएको छ ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले संसदबाटै १३ लाख टन मल चाहिने भएपनि चालु आर्थिक वर्षमा जम्मा ६ लाख टन मल मात्रै ल्याउने योजना रहेको सुनाए । उनका अनुसार मन्त्रालयले मल खरिदका लागि पाएको बजेटले माग पूरा गर्ने गरी मल ल्याउन सकिने अवस्था छैन । ‘वार्षिक मलको माग १३ लाख टन रहेको प्रक्षेपण छ । चालु आर्थिक वर्षमा ६ लाख टन आपूर्ति गर्ने सरकारको योजना छ’ उनले भने ।

मन्त्री अधिकारीका अनुसार सरकारले युरिया मलमा ८२ प्रतिशत, डिएपीमा ६४ प्रतिशत र पोटास मलमा ४९ प्रतिशत अनुदान दिएका कारण लागत धेरै पर्न जाँदा माग अनुसार ल्याउन सक्ने अवस्था छैन ।

उनले मल ल्याएर माग भएको परिणामका आधारमा प्रदेशका लागि कोटा छुट्याएर वितरण गरिनेछ । त्यसपछि प्रदेशमा छुट्याइएको मलको कोटाको आधारमा पालिकाहरुलाई कोटा छुट्याइने उनको भनाइ छ । मन्त्री अधिकारीका अनुसार पालिकाहरुबाट डिलरसिप लिएका सहकारी र सहकारी नभएका ठाउँमा एग्रोभेट वा निजी फर्महरुलाई मलको कोटा विभाजन गरिनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...

‘सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गर्नुहुन्न’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...