कुखुराको अन्डाको भाउ फेरि बढेको छ । १० दिनअघि बढेको अन्डाको भाउ फेरि बढेको हो ।
नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो ।
संघले अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ । मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ४९५ रुपैयाँ पुगेको छ । त्यस्तै मिडियम साइजको अन्डाको भाउ प्रतिक्रेट ४६५ रुपैयाँ तोकिएको छ ।
अन्डा उत्पादन कम भएको र माग बढी भएकाले माग अनुसार उत्पादन नहुँदा भाउ बढाउनुपरेको संघले जनाएको छ ।