Thursday, July 9, 2026
spot_img

कृषि मन्त्रीले भने, ‘जो मन्त्री भएपनि वर्षैपिच्छे मलको हाहाकार भइरहन्छ’

spot_img

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानहरुले समयमै मल नपाउने समस्या सधैँभरी रहिरने आशय व्यक्त गरेका छन् । नेपाल डेरी एसोसिएसनले बिहिबार आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा मन्त्री अधिकारीले जो मान्छे मन्त्री भएपनि मलको हाहाकार सधैँ भइरहने बताएका हुन् ।

बजारमा मलको माग वार्षिक १३ लाख टनसम्म रहेपनि मागको एक चौथाई मात्रै आयात हुन सकिरहेको स्वीकार गर्दै उनले किसानलाई समयमै मल दिन नसकिने बताए । गत वर्ष कृषि मन्त्रालयलाई मल खरिदका लागि २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएकोमा उक्त बजेटले जम्मा साढे ४ लाख टनमात्र मल ल्याउन सकिने उनको भनाइ छ ।

‘मलको हाहाकार छ, यो हुन्छ, जो मन्त्री भएपनि हुन्छ’ उनले भने, ‘गत वर्ष हामीलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन ।’

उनले मल दिन नसकिने अवस्था रहेपनि ‘आउँदैछ’ भनेर बोल्नुपर्ने बाध्यता रहेको स्वीकारे । ‘किसानलाई समयमा पुर्‍याउन सम्भावनै छैन । तर चिन्ता नगर्नुस्, आउँछ भन्नैपर्छ’ उनले भने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img