Tuesday, August 18, 2026
spot_img

चालम र दालको भाउ बढ्यो, उद्योगहरु चल्नै छोडे

spot_img

भन्सार विन्दुबाटै कच्चा पदार्थमा अग्रिम आयकर उठाउन थालिएसँगै खाद्यान्नका उद्योगहरु बन्द प्रायः अवस्थामा पुगेका छन् । आगामी आर्थिक वर्षको बजेटमार्फत गहुँ, चामल र दालमा भन्सार बिन्दुबाटै अग्रीम आयकर उठाउने घोषणा भए बमोजिम जेठ १६ गतेबाटै ट्रक तथा कन्टेनर रोकिएका थिए ।

बजेटमार्फत सरकारले कच्चा दालमा १० प्रतिशत, धानमा २.५ प्रतिशत र गहुँमा २.५ प्रतिशत अग्रिम आयकर लगाएको छ । गहुँबाट आँटा, सुजी, चक्की आँटा लगायतको पिठो बनाइने भएकाले अब गहुँ आयात गरेर बनाइएको आँटा भन्दा तयारी आँटा सस्तो हुने र स्वदेशी उद्योगहरु बन्द हुने नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगड बताउँछन् । गहुँमा २.५ प्रतिशत अग्रीम आयकर लगाएको बजेटले तयारी मैदा आयातमा भने १.५ प्रतिशत मात्रै आयकर लगाएको छ ।

एकातिर २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने र अर्कोतिर १० प्रतिशतसम्म अग्रिम आयकर तिर्नुपर्ने हुँदा उद्यमीहरु पलायन हुने क्रम बढेको र दाल तथा चामलको मूल्यसमेत बढाएको उद्योगीहरु बताउँछन् । सँगै, अग्रिम तिरिएको आयकर आर्थिक वर्षको अन्त्यमा हिसाब मिलानसमेत नहुने गरि जफत गर्ने गरि नयाँ प्रावधान ल्याइएकाले स्वदेशी खाद्य उद्योगहरु कुनै पनि हालतमा चल्न नसक्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुबोध गुप्ता बताउँछन् ।

भैरहवास्थित एक खाद्य उद्योगका सञ्चालकका अनुसार सो क्षेत्रमा रहेका दाल, आँटा तथा धान मिलहरुले अहिले हप्तामा ३ दिन मात्रै कारखाना चलाउने गरेका छन् । जसका कारण उत्पादनमा ह्रास आउन गई बजारमा सामानको अभाव हुने, अवैध रुपमा भन्सार छलेर आयात भएका वस्तुको बिगबिगी हुने र अचाक्ली महँगी बढ्न जाने देखिएको ति उद्योगीको भनाइ छ ।

‘हामीले अहिले हप्तामा ३ दिन उद्योग चलाएका छौँ, अरु उद्योगहरु पनि कसैले हप्तामा ३ दिन, कसैले ४ दिन मात्रै चलाएका छन्, कच्चा पदार्थ नहुँदा हरेक दिन उद्योग चलाउन सकिएको छैन’ ति उद्योगीले भने, ‘अहिले नै बजारमा महँगी बढिसकेको छ भने अवैध वस्तु छ्यापछ्याप्ती देखिन थालिसकेको छ ।’

उद्योगीहरुका अनुसार अहिले कच्चा पदार्थ आयात हुन नसक्दा र भन्सार विन्दुमै सामान रोकिँदा चालममा प्रतिबोरा २ सय र दालमा प्रतिकिलो २० देखि २५ प्रतिशतसम्म मूल्य बढिसकेको छ । नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडका अनुसार मूल्यवृद्धि अझै माथि जाने जोखिम छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img