Friday, November 14, 2025
spot_img

युनिक नेपाल लघुवित्तको वितरणयोग्य मुनाफा चुक्ता पुँजीभन्दा बढी

spot_img

युनिक नेपाल लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा २२.९ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीले ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ३ करोड ९० लाख मात्र थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ६.६ प्रतिशतले घटेर २५ करोडमा सिमित भएको छ ।

यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १८ करोड ६५ लाख ५१ हजार २४ रुपैयाँ  रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२५ रुपैयाँ ६ पैसा रहेको छ। कम्पनीको वितरणयोग्य मुनाफा कम्पनीको चुक्ता पुँजीभन्दा बढी हो ।  यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २६.२७ रुपैयाँबाट बढेर ३२.२८ रुपैयाँ पुगेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ ३३४.३८ रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १४ करोड ८५ लाख रहेको छ भने रिजर्भमा १९ करोड ५५ लाख रहेको छ । कम्पनीको खराब कर्जा १४.७१ प्रतिशतबाट घटेर १२.७४ कायम भएको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img