Sunday, June 7, 2026
spot_img

३६२ प्रतिशतले बढ्यो मेरो माइक्रोफाइनान्सको खुद नाफा, वितरणयोग्य कति ?

spot_img
spot_img

मेरो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ३६२.५९ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ४ करोड ७४ लाख मात्र थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ८७ करोड ४८ लाख पुगेको छ । खुद ब्याज आम्दानी बढेको र कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेरमेन्ट चार्ज १२ करोड ५४ लाख रुपैयाँबाट घटेर १ करोड ९४ लाख रुपैयाँमा कायम गरेकोले कम्पनीको खुद नाफामा उछाल आएको हो।

कम्पनीको वितरणयोग्य मुनाफा १९ करोड ६२ लाख रुपैयाँ  रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८७ पैसा रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३.६० रुपैयाँबाट बढेर १६.६३ रुपैयाँ कायम भएको छ । त्यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १६०.५३ रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रहेको छ भने रिजर्भमा ८४ करोड ४५ लाख रहेको छ । कम्पनीको खराब कर्जा भने बढेर ७.६८ प्रतिशत पुगेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले कृत्रिम...

नाडाले भन्यो ‘बजेटको कारण गाडीको मूल्य बढ्ने भयो’

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक बर्ष...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओको प्रि अलोटमेन्ट...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ कम्पनीले दिए आवेदन, कुनको कति ?

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ वटा कम्पनीले...

’बुद्धभुमि नेपाल हाइड्रो क्रमश नाफामा जाँदै छ, अर्को वर्षबाट लाभांश दिन सक्छौं’

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २१ देखि हकप्रदमा...

नाडा ग्रीन ड्राइभ र्‍याली सम्पन्न

विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन...
spot_img