३६२ प्रतिशतले बढ्यो मेरो माइक्रोफाइनान्सको खुद नाफा, वितरणयोग्य कति ?

spot_img

मेरो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ३६२.५९ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ४ करोड ७४ लाख मात्र थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ८७ करोड ४८ लाख पुगेको छ । खुद ब्याज आम्दानी बढेको र कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेरमेन्ट चार्ज १२ करोड ५४ लाख रुपैयाँबाट घटेर १ करोड ९४ लाख रुपैयाँमा कायम गरेकोले कम्पनीको खुद नाफामा उछाल आएको हो।

कम्पनीको वितरणयोग्य मुनाफा १९ करोड ६२ लाख रुपैयाँ  रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८७ पैसा रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३.६० रुपैयाँबाट बढेर १६.६३ रुपैयाँ कायम भएको छ । त्यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १६०.५३ रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रहेको छ भने रिजर्भमा ८४ करोड ४५ लाख रहेको छ । कम्पनीको खराब कर्जा भने बढेर ७.६८ प्रतिशत पुगेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...