Tuesday, June 9, 2026
spot_img

हिमालयन लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि नाफा भने घट्यो

spot_img
spot_img

आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा हिमालयन लघुवित्तको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा हिमालयन लघुवित्तको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले बढेर २३ करोड ७२ लाख पुगेको छ।

खुद ब्याज आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने घटेको छ। कम्पनीको खुद नाफा २४.८१ प्रतिशतले घटेर ७५ लाख ५० हजार कायम भएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १ करोड थियो।

लघुवित्तले सम्भावित जोखिमको लागि  इम्पेरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम १ करोड ७० लाखबाट बढेर २ करोड ६१ लाख रुपैयाँ पुगेको छ। सोहि कारण कम्पनीको खुद ब्याज आम्दानी बढे पनि खुद नाफा घटेको हो। कम्पनीको वितरणयोग्य मुनाफा २२ लाख ८९ हजार ४ सय ५९ रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको निक्षेप ९.०३ प्रतिशतले बढेर ९० करोड ४२ लाख पुगेको छ भने कम्पनीको ऋण लगानी १४.५४ प्रतिशतले घटेर ३ अर्ब ७८ करोड पुगेको छ।

३१ करोड ९८ लाख चुक्ता पुँजी रहेको कम्पनीको शेयर प्रिमियममा ४ करोड ५५ लाख रहेको छ भने रिजर्भमा १० करोड १९ लाख रहेको छ ।

यस अवधिमा कम्पनीको खराब कर्जा २.३७ प्रतिशतबाट बढेर ३.६५ प्रतिशत पुगेको छ। कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ ३६ पैसा रहेको छ भने  प्रति शेयर नेटवर्थ १४५ रुपैयाँ ४१ पैसा पुगेको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img