spot_img

हिमालयन लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि नाफा भने घट्यो

spot_img

आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा हिमालयन लघुवित्तको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा हिमालयन लघुवित्तको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले बढेर २३ करोड ७२ लाख पुगेको छ।

खुद ब्याज आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने घटेको छ। कम्पनीको खुद नाफा २४.८१ प्रतिशतले घटेर ७५ लाख ५० हजार कायम भएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १ करोड थियो।

लघुवित्तले सम्भावित जोखिमको लागि  इम्पेरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम १ करोड ७० लाखबाट बढेर २ करोड ६१ लाख रुपैयाँ पुगेको छ। सोहि कारण कम्पनीको खुद ब्याज आम्दानी बढे पनि खुद नाफा घटेको हो। कम्पनीको वितरणयोग्य मुनाफा २२ लाख ८९ हजार ४ सय ५९ रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको निक्षेप ९.०३ प्रतिशतले बढेर ९० करोड ४२ लाख पुगेको छ भने कम्पनीको ऋण लगानी १४.५४ प्रतिशतले घटेर ३ अर्ब ७८ करोड पुगेको छ।

३१ करोड ९८ लाख चुक्ता पुँजी रहेको कम्पनीको शेयर प्रिमियममा ४ करोड ५५ लाख रहेको छ भने रिजर्भमा १० करोड १९ लाख रहेको छ ।

यस अवधिमा कम्पनीको खराब कर्जा २.३७ प्रतिशतबाट बढेर ३.६५ प्रतिशत पुगेको छ। कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ ३६ पैसा रहेको छ भने  प्रति शेयर नेटवर्थ १४५ रुपैयाँ ४१ पैसा पुगेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...