Saturday, July 11, 2026
spot_img

एनएफआरएस लागु भईनसकेका लघुवित्तलाई राष्ट्र बैंकले पारिदियो सहज, नाफा बढ्ने

spot_img

नेपाल राष्ट्र बैंकले एनएफआरएस लागु भईनसकेका लघुवित्तको लागि विशेष व्यवस्था गरेको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै एनएफआरएस लागु भईनसकेका लघुवित्तले असारको ब्याज साउनमा आए पनि असार कै आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरिदिएको हो ।

जस अनुसार हालसम्म NFRS लागु भइनसकेका लघुवित्त वित्तीय संस्थाहरुको हकमा आ.व. २०८०/८१ मा पाकेको ब्याज २०८१ साउन मसान्तभित्र प्राप्त भएमा सो रकमलाई त्यस्ता लघुवित्त वित्तीय संस्थाहरुले आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाबमा आम्दानी जनाउन पाउनेछन् । यसले लघुवित्तको नाफा बढाउँन सहयोग गर्ने छ ।

राष्ट्र बैंकले आज इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाहरु तथा पुर्वाधार विकास बैंकलाई सूचना जारी गर्दै साउनमा प्राप्त हुने ब्याज असार मै गणनाबारे पनि थप प्रष्ट पारेको छ। जस अनुसार इजाजतपत्रप्राप्त संस्थाको लेखानीति बमोजिम आ.व. २०८० / ८१ मा प्रोदभावी आधार (Accural Basis) मा लेखांकन गरिएको ब्याज आम्दानी मध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा (Retained Earning) खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img