एनएफआरएस लागु भईनसकेका लघुवित्तलाई राष्ट्र बैंकले पारिदियो सहज, नाफा बढ्ने

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले एनएफआरएस लागु भईनसकेका लघुवित्तको लागि विशेष व्यवस्था गरेको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै एनएफआरएस लागु भईनसकेका लघुवित्तले असारको ब्याज साउनमा आए पनि असार कै आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरिदिएको हो ।

जस अनुसार हालसम्म NFRS लागु भइनसकेका लघुवित्त वित्तीय संस्थाहरुको हकमा आ.व. २०८०/८१ मा पाकेको ब्याज २०८१ साउन मसान्तभित्र प्राप्त भएमा सो रकमलाई त्यस्ता लघुवित्त वित्तीय संस्थाहरुले आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाबमा आम्दानी जनाउन पाउनेछन् । यसले लघुवित्तको नाफा बढाउँन सहयोग गर्ने छ ।

राष्ट्र बैंकले आज इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाहरु तथा पुर्वाधार विकास बैंकलाई सूचना जारी गर्दै साउनमा प्राप्त हुने ब्याज असार मै गणनाबारे पनि थप प्रष्ट पारेको छ। जस अनुसार इजाजतपत्रप्राप्त संस्थाको लेखानीति बमोजिम आ.व. २०८० / ८१ मा प्रोदभावी आधार (Accural Basis) मा लेखांकन गरिएको ब्याज आम्दानी मध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा (Retained Earning) खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेको बेन्चमार्क इन्डेक्सको रुपमा NBI विकास गरिँदै, एक वर्षभित्रै दुई इन्डेक्सको गणना सँगै

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको नयाँ आधारभूत सूचकांक (Benchmark...

८ वर्षमा चार वटा हिमतालको सतह घटाउने तयारी, साढे ७ अर्ब भन्दा धेरै खर्च हुने

सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुइटा श्वेतपत्र...

असोजमा ५ अर्ब ९२ करोडको बिजुली भारतमा बिक्री, थप ३१ मेगावाट निर्यातको अनुमति

नेपाल विद्युत प्राधिकरणले असोज महिनामा ५ अर्ब ९२ करोड...

दशैँ लगत्तै सुनको भाउमा भारी गिरावट

दशैँ बिदाको अवधि पश्चात आज आइतबार सुनको भाउ तोकिएको...

बिहिबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, २९ जिल्ला प्रभावित हुने

बिहिबारदेखि ३ दिनसम्म नेपालका विभिन्न स्थानमा वर्षाको सम्भावना देखिएको...

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले मिति कार्तिक ९ गतेदेखि सुरु हुने...