Tuesday, August 18, 2026
spot_img

लघुवित्तलाई कर्जाको पुनर्संरचना र निष्क्रिय कर्जा गणनामा नयाँ व्यवस्था

spot_img

नेपाल राष्ट्र बैंकले लघुवित्तलाई कर्जाको पुनर्संरचना र एनपीएल गणनामा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाले गरेका व्यवस्था कार्यान्वयन गर्नको लागि एकिकृत निर्देशन जारी गर्दै लघुवित्तलाई नयाँ व्यवस्था गरेको हो।

जस अनुसार कमसल, शंकास्पद, खराब कर्जा तथा निम्न व्यवस्था बमोजिम पुनरतालिकीकरण गरिएका कर्जालाई “निष्क्रिय कर्जा” (Nonperforming Loan) भनिनेछ ।

ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको विषयमा लघुवित्त वित्तीय संस्था विश्वस्त भएमा ऋणीले पेश गरेको लिखित कार्ययोजनासहित देहायका आधारमा कर्जालाई पुनरतालिकीकरण गर्न सक्नेछ ः–

(१) कर्जा सम्बन्धी सम्पुर्ण आवश्यक कागजात तथा धितो कर्जाको हकमा सुरक्षण समेत पर्याप्त भएको प्रमाण,

(२) कर्जा असुल हुने सम्भावनाबारे इजाजतपत्रप्राप्त संस्था विश्वस्त भएको आधार, तथा पुनरतालिकीकरण मार्फत व्यवसायको निरन्तरताका सम्बन्धमा संस्था आश्वस्त भएमा,

(३) कर्जालाई पुनरतालिकीकरण गर्न लिखित कार्ययोजना पेश हुनुका अतिरिक्त त्यस्तो कर्जा पुनरतालिकीकरण गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको कम्तीमा पच्चीस प्रतिशत ब्याज रकम असुल उपर भएको ।

पुनरतालिकीकरण गरेको कर्जाको हकमा सो वापत देहायबमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ः

पुनरतालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भैरहेका कर्जालाई देहायबमोजिमका सबै अवस्थाको पालना गरी पुनरतालिकीकरण गरिएमा न्यूनतम १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ ः

अ. पहिलो पटक पुनरतालिकीकरण गरिएमा ।

आ. समान किस्तामा भुक्तानी हुनेगरी पुनरतालिकीकरण गरिएमा ।

पुनरतालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भैरहेका कर्जालाई पहिलो पटक पुनरतालिकीकरण गरिएको बाहेक र समान किस्तामा भुक्तानी हुनेगरी पुनरतालिकीकरण गरिएमा बाहेकको अवस्थामा पुनरतालिकीकरण गरिएमा न्यूनतम २५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ । कमसल, शंकास्पद तथा खराब वर्गमा वर्गीकरण भैसकेका कर्जाहरुलाई पुनरतालिकीकरण गर्दा पूर्ववत् कायम गरिएको कर्जा नोक्सानी व्यवस्था कायम राख्नु पर्नेछ ।  पुनरतालिकीकरण गरिएका कर्जामा कायम कर्जा नोक्सानी व्यवस्था लगातार दुईवर्षसम्म कर्जा नियमित भएको अवस्थामा बाहेक कुनै समायोजन गर्न पाइने छैन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img