नेपाल राष्ट्र बैंकले लघुवित्तका ऋणीलाई राहत दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत ऋणीलाई भुक्तानीको तालिका परिमार्जनको सुविधा दिने घोषणा गरेको हो ।
राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइनेछ ।
त्यस्तै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा रु.७ लाखबाट वृद्धि गरी रु.१५ लाख कायम गर्ने भएको छ। यसले लघुवित्तको व्यवसाय बढ्ने देखिन्छ ।











