आरएसडिसी लघुवित्तमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या ५ रहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि ५ शेयरधनीसंग मात्र ०.५ प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो।
कम्पनीमा ग्रामिण स्वावलम्बन विकास केन्द्रको सर्वाधिक १२.१४ प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यस्तै सुमित कुमार अग्रवालको ११.७० प्रतिशत शेयर स्वामित्व रहेको छ।
कम्पनीमा ग्लोबल आइएमई बैंकको १०.२० प्रतिशत स्वामित्व रहेको छ भने विरेन्द्र कुमार शाहको ०.७४ प्रतिशत तथा बाल कृष्ण पौडेलको ०.५१ प्रतिशत शेयर स्वामित्व रहेको छ। आर्थिक वर्ष २०८०/८१ को तुलनामा कम्पनीमा यी ठूला शेयरधनीको शेयर स्वामित्व परिवर्तन भएको छैन ।
कम्पनीले यहि मङ्सिर १२ गते आर्थिक वर्ष २०८१/८२ को साधारणसभा गर्दै छ। जसमा कम्पनीले कर सहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ ।











