Saturday, September 5, 2026
spot_img

ऋणपत्र निष्काशनको अनुमति माग्दै आईसीएफसी फाइनान्सले दियो आवेदन

spot_img

आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले असार १८ गते बोर्डमा आवेदन दिएको हो ।

फाइनान्सले  प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३ लाख कित्ताले हुन आउने ३० करोड रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । यो ऋणपत्र मध्ये १ लाख ८० हजार कित्ता  व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने १ लाख २० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन हुने छ। सर्वसाधरणको लागि छुट्टयाइएको १ लाख २० हजार कित्तामध्ये ५ प्रतिशत ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ ।

वार्षिक ९ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ७ वर्षको नै रहेको छ ।  ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।  बोर्डले अनुमति दिएपछि बैंकले ऋणपत्र निष्काशन गर्ने छ।

 

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...