Wednesday, August 5, 2026
spot_img

मन्जुश्री फाइनान्सले सुरु गर्याे स्मार्ट डिपोजिट, खल्ती वालेटमार्फत नियमित बचत गर्न सकिने

spot_img

मञ्जुश्री फाईनाईन्सले खल्ती सँगको सहकार्यमा डिजिटल वालेट मार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ । मन्जुश्री फाईनाईन्स र खल्तीको सहकार्यमा सुरु गरिएको स्मार्ट डिपोजिट जस्तो नविनतम प्रविधिले वित्तिय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार खल्तीमार्फत् आफ्नो वित्तिय कारोबार गरिरहेका सम्पूर्ण ग्राहक सदस्यहरुले सजिलै मन्जुश्रीमा खाता खोल्न र आफ्नो कारोबार गर्न सक्नेछन् । यसले वित्तिय संस्थामा गएर खाता खोल्नको लागि खर्चनु पर्ने समय बचत हुनुको साथै वित्तिय कारोबार गर्न झनै सहज हुने विश्वास रहेको मञ्जुश्री फाइनान्सका सीईओ तेजराज तिमिलसिनाले बताए ।

यस सेवामार्फत खल्ती प्रयोगकर्ताले आफ्नो वालेटबाटै दैनिक, साप्ताहिक वा मासिक रूपमा निश्चित रकम बचत गर्न सक्नेछन् । बचत अवधि ६ महिना देखि ६० महिना सम्म चयन गर्न मिल्नेछ भने न्यूनतम १०० रुपैयाँबाट सुरुआत गर्न सकिने सुविधा रहेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार खल्ती र मञ्जुश्री फाइनान्सको सहकार्यमा सुरु गरिएको ‘स्मार्ट डिपोजिट जस्तो डिजीटल बचत फिचरले नेपाल राष्ट्र बैंकको वित्तीय पहुँच विस्तारको लक्ष्यलाई सार्थक बनाउन थप सहयोग पुग्ने विश्वास कम्पनीको छ । यस्ता नविनतम प्रविधिमार्फत प्रदान गरिने सेवा तथा सुविधाले डिजीटल समावेशीकरणलाई बलियो बनाउने र दीगो आर्थिक समृद्धिमा टेवा र्पुयाउन योगदान दिने विश्वास गरिएको कम्पनीले जनाएको छ।

हाल लाई यो स्मार्ट डिपोजिट सुबिधा अन्तर्गत मन्जुश्री खल्ती बचत खातामा वार्षिक ५ प्रतिशत साथै स्मार्ट रिकरिङ्ग खातामा वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सकिनेछ ।

मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई  सेवा उपलब्ध गराईरहेको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...

४८.४६ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको खुदनाफा, ४६.५१ करोड बाड्न मिल्ने

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

एभरेष्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, ईपीएस ३६.९५ रुपैयाँ

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी...

४२ सयले महँगियो सुन, चाँदीको भाउ पनि वृद्धि

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला...

नबिलको नाफामा उल्लेख्य वृद्धि, निष्क्रिय कर्जा घट्यो

नबिल बैंकले गत आर्थिक वर्ष २०८२/०८३ मा ७ अर्ब...
spot_img