spot_img

गोर्खाज फाइनान्सको सीइओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

spot_img

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत पदमा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन्। कम्पनीको आज चैत्र १० गते बसेको संचालक समितिको बैठकले चैत्र ११ गतेबाट लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

हाल उनी फाइनान्स कै  सिनियर म्यानेजर छन् ।

यस अघि नियुक्त गरेका सीइओको नियुक्ति खारेज भएपछि कम्पनीले नयाँ सीइओ चयन गरेको हो ।  कम्पनीको २०८१ पुस १४ गते बसेको संचालक समितिको बैठकले २०८१ पुस १८ गतेबाट लागु हुने गरि अधिकारीलाई ४ वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको थियो ।

तर त्यस विरुद्द केही शेयरधनीले राष्ट्र बैंकमा उजुरी दिएका थिए। उजुरीपछि राष्ट्र बैंकले सीइओ नियुक्तिसँग सम्बन्धित फाइलहरुको अध्ययन समेत गरेको थियो ।

सीइओ नियुक्त भएका अधिकारीले नै  आफुलाई नियुक्ति गर्दा संचालक समितिको सर्वसम्मतबाट निर्णय नभएकोले संस्थामा प्रमुख कार्यकारी अधिकृत भई कार्य गर्न असमर्थता व्यक्त गर्दै पत्र पठाएको कम्पनीले जनाएको छ । त्यसपछि कम्पनीको  २०८१ चैत्र ६ गते बेलुका ४ बजे बसेको ५१० औं बैठकले निजको नियुक्तिलाई खारेज गर्ने निर्णय गरेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...