Friday, April 10, 2026
spot_img
spot_img

गोर्खाज फाइनान्सको सीइओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

spot_img
spot_img

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत पदमा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन्। कम्पनीको आज चैत्र १० गते बसेको संचालक समितिको बैठकले चैत्र ११ गतेबाट लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

हाल उनी फाइनान्स कै  सिनियर म्यानेजर छन् ।

यस अघि नियुक्त गरेका सीइओको नियुक्ति खारेज भएपछि कम्पनीले नयाँ सीइओ चयन गरेको हो ।  कम्पनीको २०८१ पुस १४ गते बसेको संचालक समितिको बैठकले २०८१ पुस १८ गतेबाट लागु हुने गरि अधिकारीलाई ४ वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको थियो ।

तर त्यस विरुद्द केही शेयरधनीले राष्ट्र बैंकमा उजुरी दिएका थिए। उजुरीपछि राष्ट्र बैंकले सीइओ नियुक्तिसँग सम्बन्धित फाइलहरुको अध्ययन समेत गरेको थियो ।

सीइओ नियुक्त भएका अधिकारीले नै  आफुलाई नियुक्ति गर्दा संचालक समितिको सर्वसम्मतबाट निर्णय नभएकोले संस्थामा प्रमुख कार्यकारी अधिकृत भई कार्य गर्न असमर्थता व्यक्त गर्दै पत्र पठाएको कम्पनीले जनाएको छ । त्यसपछि कम्पनीको  २०८१ चैत्र ६ गते बेलुका ४ बजे बसेको ५१० औं बैठकले निजको नियुक्तिलाई खारेज गर्ने निर्णय गरेको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नागरिक एपमा एक हप्ताभित्रै यी ३ सेवा थपिँदै

सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष...

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई...

उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई पनि मतदान नगर्ने

प्रतिनिधिसभाको उपभामुख पदको निर्वाचनमा नेकपा एमालेले मतदान नगर्ने भएको...

नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर...

वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरू पहिला सम्पन्न गर्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप...

नयाँ वर्षमा शेयरबजारमा ५ नयाँ व्यवस्था हुँदै, शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने

२०८३ को सुरुवातसंगै शेयरबजारमा पनि केही नयाँ सुरुवात हुने...
spot_img