spot_img

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

spot_img

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले काठमाडौं महानगरपालिका वडा नंं ६ बौद्धमा अवस्थित अरुणिमा एजुकेशन फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। फाउन्डेसनका विद्यार्थीहरुको वित्तीय जानकारी अभिबृद्धिका लागि डिजीटल बैंकिङ्ग सम्बन्धमा जानकारी दिने उदेश्यले वित्तीय साक्षरता कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कार्यक्रममा डिजिटल बैंकिङ्ग अन्तर्गत  ग्राहकहरूले जुनसुकै स्थानबाट बैंकिङ सेवा प्रयोग गर्न सकिने हुँदा समय र श्रमको बचत भई आफ्नो खाता र बैंकिङ्ग कारोवारलाई सुरक्षित राख्न पासवर्ड र दुई–चरण प्रमाणीकरण जस्ता उपायहरू प्रयोग गर्न सकिने, आफ्नो खाता र बैंकिङ्ग कारोवारको जानकारी तुरुन्तै लिन सक्ने, मोबाइल एप्स र वेबसाइटहरू मार्फत सजिलै पैसा पठाउन र प्राप्त गर्न सकिने विषयमा वित्तिय जानकारी दिईएको थियो ।

उक्त कार्यक्रममा संस्थाका बौद्ध शाखाका शाखा प्रबन्धक दिगम्बर श्रेष्ठ, सूचना प्रविधी विभागका विभागिय प्रमुख सुजन डंगोल तथा अन्य कर्मचारीहरुको र अरुणिमा एजुकेशन फाउन्डेसनका तर्फबाट प्रिन्सिपल ईश्वरी प्रसाद न्यौपानेको उपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत संस्थाले विगत वर्ष देखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागीता जनाउँदै आईरहेकोे छ । आगामी दिनहरुमा पनि यी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्वता कम्पनीले जनाएको छ ।

संस्थाले २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै  आईरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र...

महँगी बढेको हो ? ४९ वस्तुमा गरिएको अध्ययनले यसो भन्छ

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहेको उपभोक्ताको गुनासो छ...

लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

 सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७,...

आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण

आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण भएको छ ।...

सहकारीका संचालक र सीइओको योग्यता तोकियो, कम्तिमा १० कक्षा पास गरेकै हुनुपर्ने

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार...

बाढी प्रभावितका लागि राष्ट्रिय बहाई समुदायद्वारा ३० लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपालको...