Tuesday, June 23, 2026
spot_img

छानबिन समितिको निष्कर्षः पैसा निकाल्न रबीको भूमीका देखिएन, १४ करोड अपचलनमा धनराज संलग्न

spot_img
spot_img

सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग तथा ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले सहकारीको बचत रकम ठगीमा संलग्न विभिन्न व्यक्तिहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार पारेको छ । सोमबार समितिका सबै सदस्यहरुले हस्ताक्षर गरेपछि उक्त प्रतिवेदन संसदमा बुझाउने तयारी भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व गृहमन्त्री रबी लामिछाने सहकारी संस्थाबाट पैसा झिक्न संलग्न नरहेको समितिको निष्कर्ष छ । तर, सहकारीबाट जीवी राईले गोर्खा मिडियामा ल्याएको पैसा खर्च गर्नमा भने उनको संलग्नता रहेको समितिले फेला पारेको छ ।

लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहँदा त्यहाँ आएको रकम खर्च गर्दा उनले हस्ताक्षर भने गरेका छन् । गोरखा मिडियामा अध्यक्ष जीवी राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेका थिए ।

यस्तै, समितिले नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको ठहर गर्दै उनीमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको भन्दै अनुसन्धान गर्न सिफारिस गर्ने भएको हो ।

समितिले सहकारी सम्बन्धि छानबिन गरिरहेका बेला सहकारी मितेरी सहकारीका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले मितेरी सहकारीको स्थलगत अध्ययन गरेको थियो । उनको संलग्नता पुष्टि हुने कागजात समितिले फेला पारेपछि समितिमा गुरुङमाथि अनुसन्धान गर्न सिफारिस गर्ने सहमति जुटेको बताइएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img