Tuesday, June 23, 2026
spot_img

सहकारीको छुट्टै नियामक गठन गर्न ड्राफ्ट बनाइसक्यौँः मन्त्री अधिकारी

spot_img
spot_img

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुको नियमनका लागि दोस्रो तहको नियामक निकाय स्थापनाको लागि मन्त्रालयले ‘ड्राफ्ट’ बनाइसकेको बताएका छन् । सहकारी पत्रकार समाजको १४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सहकारी संस्थाहरुको नियमनका लागि दोस्रो तहको नियामक निकाय गठनका लागि आवश्यक ऐनको ड्राफ्ट गरिसकेको बताएका हुन् ।

उनले उक्त ड्राफ्ट केही दिनमै मन्त्रिपरिषदमा लैजाने र मन्त्रिपरिषदबाट स्वीकृत हुनासाथ संसदमा दर्ता गर्ने बताएका छन् । साथै, सहकारीको लागि कर्जा अशुली न्यायाधीकरणको समेत आवश्यकता महशुस भइरहेकाले यसको पनि ड्राफ्ट तयार भएको र यो पनि मन्त्रिपरिषदको बैठकमा पेश गर्ने तयारी भइरहेको मन्त्री अधिकारीको भनाइ छ ।

उनका अनुसार कर्जा सूचना केन्द्रका सम्बन्धमा भने मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग छलफल गरिरहेको र आवश्यक गृहकार्य पूरा भएपछि यो पनि स्थापना हुनेछ ।

उनले बैंकबाट ऋण लिएर ब्याजको लोभमा सहकारीमा निक्षेप राख्नेहरु पीडित भयौँ भनेर आन्दोलनमा उत्रिएको पनि दाबी गरेका छन् ।

‘सहकारीप्रति आन्दोलन गर्ने, सबै सहकारी खराब छन् भन्ने भाष्य बनाउन खोजिएको छ, पीडित भयौँ भन्नेहरु पनि धेरै प्रकारका छन्’ उनले भने, ‘वास्तविक पीडितहरुको समस्या सरकारले समाधान गर्छ । तर, बैंकबाट कम ब्याजमा ऋण लिने र त्यो पैसा बढी ब्याज आउँछ भनेर सहकारीमा राख्नेहरु पनि छन्, अहिले आन्दोलनका नाममा हल्लाखल्ला गर्ने पनि उनीहरु नै हुन् ।’

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img