Saturday, May 9, 2026
spot_img

सहकारी ठगी: केदारनाथ दम्पतिको १०० ठाउँमा जग्गा, २२ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

spot_img
spot_img

सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको कसुरमा पक्राउ भरी हाल पुर्पक्षका लागि थुनामा रहेका केदारनाथ शर्मामााथि सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुर्पक्षका लागि थुनामा रहेका केदारनाथ शर्मा विरुद्ध २२ अर्बभन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।

भक्तपूरको शिवशिखर र विराटनगरको तुलसी सहकारीमाफर्त बचतकर्ताको ६ अर्ब बढी रकम हिनामिना गरेको उजुरी परेपछि उनी फरार थिए । तर, प्रहरीले उनीसहित धेरैलाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ । नेपाल। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शर्माविरुद्द ६ अर्ब ३ करोड ९ लाख ८७ हजार ३८५ रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरिसकेको छ ।

सीआईबीले अनुसन्धान गर्दा नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चासो देखाएको थियो । सीआईबीले अनुसन्धान सकेर मुद्दा दायर गरे लगैत्त विभागले अनुसन्धान थालेको थियो । विभागको अनुसन्धानबाट शर्मा र शर्माकी श्रीमति गीताका नाममा देशका विभिन्न १ सय ठाउँमा जग्गाजमिन भेटिएको छ । निजहरुका नाममा ११६ वटा गाडी समेत भएको विभागको अनुसन्धानबाट देखिएको छ । यसपछिद्ध विभागले शर्मासहित ९ जनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा ३२ साउनमा मुद्दा दायर गरेको छ । मुद्दामा शर्मा दम्पत्तिसहित प्रतिवादीहरुले चलाएका विभिन्न २२ वटा संस्था तथा कम्पनीको सम्पत्ति जफत गर्न माग गरिएको छ ।

केदारनाथ शर्माकी श्रीमती एवम् शिखर अर्गनाइजेसनकी निर्देशक गीता शर्मा, शिखर अर्गनाइजेसनका व्यवस्थापक पुष्कर मल्ल, शिवशिखर सहकारी भक्तपूरका अध्यक्ष सुशील बानियाँ, व्यवस्थापक लीलानाथ गौतम, सचिव तेजबहादुर तामाङ, मन्दीप खवास, सबिना न्यौपाने र शिव शिखरका ऋण अधिकृत मुकुन्द कपालीलाई प्रतिवादी बनाइएको छ । कपालीलाई सम्पत्ति जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको विभागले बताएको छ ।

प्रतिवादीमध्ये केदार, उनकी श्रीमती गीता, पुष्कर, मन्दीप र सबिना सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । बाँकी चार जना फरार छन् ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ को उपदफा (१) को (क), (ख) र (ग) अन्तर्गतको कसुर गरेको ठहर गर्दै २२ अर्ब ८८ करोड ९५ लाख ७० हजार ४१५ रुपैयाँ बिगो मागदाबी गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।

यो कुल माग दाबीमध्ये शर्माकी श्रीमती गीताविरुद्ध ५२ करोड ३३ लाख ३२ हजार २१४, शिवशिखर सहकारी भक्तपूरका व्यवस्थापक लिलानाथ गौतमविरुद्ध ५ अर्ब ४८ करोड ४५ लाख ९४ हजार ८०२ रुपैयाँ, शिवशिखर सहकारी भक्तपूरका अध्यक्ष सुशील वानियाँविरुद्ध ५ अर्ब ४८ करोड ४५ लाख ९४ हजार ८०२ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

यस्तै, शिवशिखर सहकारी भक्तपूरका सचिव तेजबहादुर तामाङविरुद्ध ७१ करोड ९ लाख १८ हजार ७९५ रुपैयाँ, शिखर अर्गनाइजेसनका व्यवस्थापक पुष्कर मल्लविरुद्ध १० करोड ६३ लाख २२ हजार ९०३ रुपैयाँ बिगो मागदाबी गरिएको छ । सबिना न्यौपानेविरुद्ध १ करोड २४ लाख र मन्दिप खवासविरुद्ध २० लाख बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

सय ठाउँमा जग्गा
दुइ वटा सहकारीको अर्बौ रकम अपचलन गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका शर्मा र उनकी श्रीमतिको नाममा देशैभरी जग्गा जमिन भेटिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ । शर्मा दम्पतिले देशका विभिन्न स्थानका १ सय ठाउँमा जमिन खरिद गरेको पाइएको हो ।

केदारनाथको नाममा झापा, मोरङ, सुनसरी, उदयपुर र म्याग्द का ६९ ठाउँमा जमिन रहेको पाइएको छ । उनकी श्रीमती गीताको काठमाडौंको डिल्लीबजार, दहचोक, कलंकी, बाँके, धादिङ र चितवनका ३१ ठाउँमा जग्गा रहेको भेटिएको छ । यी सबै जग्गा सहकारीका बचतकर्ताको रकमबाट किनिएकाले यी सबै जग्गा जफत हुनुपर्ने मागदाबी गरिएको छ ।

११६ वटा गाडी
सहकारीमा बचत राखेका बचतकर्ताको रकमबाटै ११६ वटा गाडी खरिद गरिएको पनि अनुसन्धानका क्रममा फेला परेको छ । यी सबै गाडी पनि जफत गर्न मागदाबी गरिएको छ ।

शिव शिखर एग्रो धनगढीका नाममा १२ वटा, शिव शिखर एग्रो पोखराको नाममा १२ वटा गाडी रहेको पाइएको छ । यस्तै, भक्तपुर शाखामा ९, कोहलपुर शाखामा ९, तनहुँ शाखाा ७, सुर्खेत शाखामा ७, चितवन शाखामा ७ र बाग्लुङ शाखामा ६ वटा गाडी रहेको पाइएको छ ।

यस्तै, हेटौंडा शाखामा ४, दाङ शाखामा ४, डडेल्धुरा र बोनियाँ शाखामा ३÷३, महेन्द्रनगर शाखामा २, धादिङ शाखामा २, विराटनगर शाखामा एउटा र लमही शाखामा एउटा गाडी रहेको अनुसन्धानले देखाएको छ । गोर्खा टी एण्ड कफीको नाममा २३ वटा, गोर्खा वेभरेज इन्डष्ट्रिजको नाममा ११ वटा र शिखर मिनिरल्सको नाममा २ वटा गाडी पाइएको छ ।

हेर्नुस् कहाँ कहाँ भेटियो जग्गा ? 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘सरकारले सूची बनाएरै उद्योगी व्यवसायीलाई पक्राउ गर्दैछ भन्ने हल्लामा सत्यता छैन’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योगी व्यवसायीलाई धरपकड गर्दै...

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...
spot_img