Sunday, May 25, 2025
spot_img

१५ करोड ९९ लाख हिनामिना गर्ने एभरट्रष्ट सहकारीका उपाध्यक्ष सहित ५ जना पक्राउ

spot_img
spot_img

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ‘एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्था लि. को रकम हिनामिना गर्ने उपाध्यक्ष सहित ५ जना पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा सहकारीकी उपाध्यक्ष रहेकी ३९ वर्षीय उपाध्यक्ष बबिता  डंगोलसिहत, सचिव हाँडीगाउँका ५७ वर्षीय कान्छाभाई डंगोल, कोषाध्यक्ष ओखलढुगांका ३७ वर्षीय विष्णुप्रसाद फुयाँल, र सदस्यहरू ललितपुरका ४८ वर्षीय रामलाल महर्जन तथा भक्तपुरमा ४६ वर्षीय अमरभाई बज्राचार्य छन् ।

उनीहरुले भदौ १४ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को ठगी सम्बन्धी कसुरमा काठमाडौ जिल्ला अदालतबाट ८ दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भैरहेको छ ।

उनीहरुलाई बचतकर्ताहरुले बचत गरेको पन्ध्र करोड एकानब्बे लाख चार हजार सात सय छत्तीस रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले चुच्चेपाटीमा कार्यालय खडा गरि संचालक समितिका पदाधिकारी र कर्मचारीहरु समेतको मिलेमतोमा वचतकर्ता/सदस्यहरुले जम्मा गरेको निक्षेप रकम प्रचलित कानून विपरित कर्जा तथा सम्पत्तिहरुमा गैह्रकानुनी रुपमा लगानी गरी संस्थाको वार्षिक प्रतिवेदनहरुमा समेत बास्तविक अवस्था लुकाई संस्थामा रहेको निक्षेप रकम व्यक्तिगत लाभको लागी प्रयोग गरी सहकारी संस्थालाई हानी नोक्सानी पुऱ्याएका थिए।

साथै निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक /त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा रकमको साँवा, ब्याज फिर्ता नदिई पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएको प्रहरीले जनाएको छ ।

आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समय देखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरी कार्यलय बन्द गरेको निक्षेपकर्ताले बताएका छन्।

प्रहरीले पीडित निक्षेपकर्तालाई सीआईबीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img