Monday, July 13, 2026
spot_img

सहकारी छानबिन समितिले रबी लामिछानेसँग बयान लिने

spot_img

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठित संसदीय छानबिन समितिले पूर्व गृहमन्त्री रबी लामिछानेसँग सोधपूछ गर्ने भएको छ । समितिका सभापति सूर्य थापाका अनुसार केही दिनभित्रै रास्वपाका सभापतिसमेत रहेका पूर्व गृहमन्त्री लामिछानेसँग सोधपुछ गर्ने भएको हो ।

समितिले आज पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुनसँग सोधपुछ गर्दैछ । माओवादी केन्द्र निकटको विद्यार्थी संगठनका महासचिवसमेत रहेका दिपेश पुन बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव हुन् ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीमा १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना भएको छ । जसमा जीबी राई, दीपेश पुनसहित लामिछानेसमेत मुछिएका छन् । यसैकारण समितिले लामिछानेसँग पनि बयान लिन लागेको हो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img