Tuesday, August 18, 2026
spot_img

संसदीय छानविन विशेष समितिले दलहरुसँग माग्यो सहकारी समस्या समाधानको सुझाव

spot_img
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज सहकारी सम्बद्द विभिन्न संस्थासँग छलफल गरेको छ । साथै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने मान्यताप्राप्त राजनीतिक दलहरूसँग सहकारी समस्या समाधानको सुझाव माग्ने निर्णय गरेको छ ।
समितिले आज राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ, र  राष्ट्रिय सहकारी बैंकका पदाधिकारीसँग छलफल गरेको हो । छलफलमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल र सिईओ चित्राकुमारी थाम्सुहाहाङ, महासंघका पूर्व अध्यक्षहरु मिनराज कँडेल र डीबी बस्नेत , बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ,  राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र राष्ट्रिय सहकारी बैंकका सीइओ बद्री गुरागाई लगायत उपस्थित थिए । उनीहरुले सहकारीसम्बन्धी आआफ्नो क्षेत्रका महत्त्वपूर्ण धारणा राखेको र हाल देखापरेको संकट तथा सहकारी क्षेत्रको समस्या समाधान गर्ने बारेमा महत्वपूर्ण सुझावहरू समेत उपलब्ध गराएको समितिले जनाएको छ।
समितिको आजको बैठकले सहकारी क्षेत्रको वचत अपचलन र ठगी तथा वचत फिर्ताको समस्या सम्बन्धमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ ।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img