Friday, November 14, 2025
spot_img

संसदीय छानविन विशेष समितिले दलहरुसँग माग्यो सहकारी समस्या समाधानको सुझाव

spot_img
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज सहकारी सम्बद्द विभिन्न संस्थासँग छलफल गरेको छ । साथै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने मान्यताप्राप्त राजनीतिक दलहरूसँग सहकारी समस्या समाधानको सुझाव माग्ने निर्णय गरेको छ ।
समितिले आज राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ, र  राष्ट्रिय सहकारी बैंकका पदाधिकारीसँग छलफल गरेको हो । छलफलमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल र सिईओ चित्राकुमारी थाम्सुहाहाङ, महासंघका पूर्व अध्यक्षहरु मिनराज कँडेल र डीबी बस्नेत , बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ,  राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र राष्ट्रिय सहकारी बैंकका सीइओ बद्री गुरागाई लगायत उपस्थित थिए । उनीहरुले सहकारीसम्बन्धी आआफ्नो क्षेत्रका महत्त्वपूर्ण धारणा राखेको र हाल देखापरेको संकट तथा सहकारी क्षेत्रको समस्या समाधान गर्ने बारेमा महत्वपूर्ण सुझावहरू समेत उपलब्ध गराएको समितिले जनाएको छ।
समितिको आजको बैठकले सहकारी क्षेत्रको वचत अपचलन र ठगी तथा वचत फिर्ताको समस्या सम्बन्धमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ ।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img