एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको आज भदौ २१ गते शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.५३ प्रतिशत नगद लाभंस्ग गरि कुल १५.५३ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रहेको छ।
यस संगै एभरेष्ट बैंक आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।









