Saturday, April 26, 2025
spot_img

बैंकहरुलाई राहत, राष्ट्र बैंकद्वारा बफर शुन्य प्रतिशत कायम

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि काउन्टर साइक्लिकल बफरबारे नयाँ व्यवस्था गरेको छ। राष्ट्र आज मंगलबार यसबारे एकिकृत निर्देशन जारी गरेको हो ।

जस अनुसार अब २०८१ साउन देखि लागु हुने गरी आ.व २०८१/८२ का लागि काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत रहने छ । एकिकृत निर्देशनमा भनिएको छ ‘वाणिज्य बैंकहरुले आ.व २०८० / ८१ देखि Capital Adequacy Framework 2015 मा व्यवस्था भएबमोजिमको Countercyclical Buffer कायम गर्नुपर्नेछ । २०८१ साउन देखि लागु हुने गरी आ.व २०८१/८२ का लागि यस्तो Buffer शून्य प्रतिशत रहने ।’

यस अघि बैंकहरूले ०.५ प्रतिशत पुँजीकाेष कायम गर्नुपर्ने व्यवस्था थियो। अब भने सो व्यवस्था हटेर शुन्य प्रतिशत कायम भएको हो ।

यो व्यवस्था वाणिज्य बैंक , विकास बैंक, फाइनान्स र पूर्वाधार विकास बैंकलाई लागु हुने छ । बैंकहरूले थप ०.५ प्रतिशत पुँजीकाेष कायम गर्नुनपर्ने भएपछि बैकहरूकाे कर्जा विस्तार गर्ने क्षमता बढ्ने छ।

त्यस्तै क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाले २०८४ असार मसान्तसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा (रु. २ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नु पर्नेछ । यस अघि यो रु. २ करोडभन्दा कम रकमको भनि तोकिएको थियो ।

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

छ्याङ्दी हाइड्रोले पायो हकप्रद निष्काशन अनुमति

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल...

भू–उपग्रह प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गरिने

नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाच कम्पनीबीच कषि...

सहकारी प्राधिकरणले अब गति लिन्छ, अभियानका जायज माग सम्बोधन हुन्छन् : मन्त्री अधिकारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले...

१ खर्बको वैकल्पिक विकास परिचालन विधेयक संसदमा प्रस्तुत

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ...

‘निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर निजी र प्रतिस्पर्धात्मक व्यवस्था ल्याउनुपर्छ’

प्रा.डा.गोपिलाल न्यौपानेले निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि...

यो वर्ष ५ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, निजी क्षेत्रका समस्या बजेटबाट सम्बोधन हुन्छः डा. खतिवडा

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा....
spot_img