Saturday, May 2, 2026
spot_img
spot_img

बैंकहरुलाई राहत, राष्ट्र बैंकद्वारा बफर शुन्य प्रतिशत कायम

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि काउन्टर साइक्लिकल बफरबारे नयाँ व्यवस्था गरेको छ। राष्ट्र आज मंगलबार यसबारे एकिकृत निर्देशन जारी गरेको हो ।

जस अनुसार अब २०८१ साउन देखि लागु हुने गरी आ.व २०८१/८२ का लागि काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत रहने छ । एकिकृत निर्देशनमा भनिएको छ ‘वाणिज्य बैंकहरुले आ.व २०८० / ८१ देखि Capital Adequacy Framework 2015 मा व्यवस्था भएबमोजिमको Countercyclical Buffer कायम गर्नुपर्नेछ । २०८१ साउन देखि लागु हुने गरी आ.व २०८१/८२ का लागि यस्तो Buffer शून्य प्रतिशत रहने ।’

यस अघि बैंकहरूले ०.५ प्रतिशत पुँजीकाेष कायम गर्नुपर्ने व्यवस्था थियो। अब भने सो व्यवस्था हटेर शुन्य प्रतिशत कायम भएको हो ।

यो व्यवस्था वाणिज्य बैंक , विकास बैंक, फाइनान्स र पूर्वाधार विकास बैंकलाई लागु हुने छ । बैंकहरूले थप ०.५ प्रतिशत पुँजीकाेष कायम गर्नुनपर्ने भएपछि बैकहरूकाे कर्जा विस्तार गर्ने क्षमता बढ्ने छ।

त्यस्तै क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाले २०८४ असार मसान्तसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा (रु. २ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नु पर्नेछ । यस अघि यो रु. २ करोडभन्दा कम रकमको भनि तोकिएको थियो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img