Wednesday, June 24, 2026
spot_img

१० बैंकले नाफा बढाउँदा १० बैंकको घट्यो (सूचीसहित)

spot_img
spot_img

वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सोमबार प्रकाशित विवरणअनुसार बैंकहरुको नाफा बढेको छ ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०८०/८१ मा कुल ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा बैंकहरुको यस्तो नाफा ५६ अर्ब ५७ करोड थियो ।

२० वाणिज्य बैंकहरुमध्ये नाफा बढाउने बैंकहरु १० वटा छन् भने बाँकी १० बैंकको नाफा घटेको छ । सबैभन्दा बढी नाफा प्रभु बैंकले बढाएको छ । अघिल्लो वर्षको तुलनामा प्रभुको नाफा गत आ.व.मा १५ गुणाले बढेको छ ।

रकमका आधारमा सबैभन्दा बढी नाफा गर्नेमा नबिल बैंक पहिलो नम्बरमा छ । नबिलले ७ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा गगरेको छ । दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकले ६ अर्ब १ करोड रुपैयाँ नाफा कमाउँदा तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको छ । दास्रो स्थानमा रहेको ग्लोबलको नाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो ।

यो अवधिमा प्रभु बैंकले ४ अर्ब ४८ करोड, कुमारी बैंकले २ अर्ब ३० करोड, कृषि विकास बैंकले ३ अर्ब ६५ करोड, एभरेष्ट बैंकले नाफा ३ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएका छन् । हिमालयन बैंकले २ अर्ब ८३ करोड, नेपाल एसबिआई बैंकले २ अर्ब १ करोड र लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३ करोड नाफा आर्जन गरेका छन् ।

प्राइम कमर्सिल बैंकले ३ अर्ब ७७ करोड नाफा कमाएको छ ।

यसैगरि, राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ५९ करोडबाट घटेर ३ अर्ब ३९ करोड कायम हुँदा स्ट्याण्डर्ड चाटर्डको नाफा पनि ३ अर्ब ४६ करोडबाट घटेर ३ अर्ब ३० करोडमा सिमित भएको छ । यस्तै, सिद्धार्थ बैंकको नाफा पनि ३ अर्ब १६ करोडबाट ३ अर्ब १ करोडमा झरेको छ भने सानिमा बैंकको पनि नाफा २ अर्ब ६० करोडबाट २ अर्ब ३८ करोडमा झरेको छ ।

एनएमबी बैंकको नाफा पनि ३ अर्ब २२ करोडबाट २ अर्ब ३३ करोडमा झर्दा नेपाल बैंकको नाफा ३ अर्ब ४३ करोडबाट १ अर्ब ६५ करोडमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड नाफा कमाएको एनआईसी एशियाको नाफामा पनि ६८ प्रतिशतले गिरावट आएर १ अर्ब ३८ करोडमा सिमित भएको छ । सिटिजन्स बैंकको नाफा पनि १ अर्ब ८६ करोडबाट १ अर्ब ३४ करोडमा झरेको छ भने माछापुच्छ«े बैंकको नाफा १ अर्ब ६२ करोडबाट १ अर्ब २५ करोडमा आइपुगेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img