Saturday, September 5, 2026
spot_img

यी हुन् एनएमबि बैंकका ठूला शेयरधनी, कसको स्वामित्व कति ?

spot_img

एनएमबि बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या १४ रहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि १४ शेयरधनीसंग मात्र ०.५ प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो।

बैंकमा एफएमओ नेदरल्याण्डको सर्वाधिक १३.६९ प्रतिशत शेयर स्वामित्व रहेको छ भने कर्मचारी संचयकोषको ५.५३ प्रतिशत स्वामित्व रहेको छ। बैंकमा यंग लियन रियल्टी एस डि एन वि एच डि मलेशियाको ४.२२ प्रतिशत शेयर स्वामित्व रहेको छ भने गाईत्री इन्भेष्टमेन्ट एन म्यानेजमेन्टको १.७४ प्रतिशत स्वामित्व रहेको छ।

बैंकका अन्य ठूला शेयरधनी भने व्यक्तिगत छन्। जसमा नन्द किशोर राठीको १.६८ प्रतिशत, धनन्जय प्रसाद आचार्यको १.५४ प्रतिशत, सुनिल कुमार कोशालीको १ प्रतिशत, पवन कुमार गोल्यानको ०.९२ प्रतिशत, योगेन्द्र लाल प्रधानको ०.९१ प्रतिशत तथा सुशील कुमार गोशालीको ०.९० प्रतिशत शेयर स्वामित्व रहेको छ।

यी बाहेक बैंकमा सन्तोष देवी मुरारकाको ०.७९ प्रतिशत शेयर स्वामित्व, पुरुषोत्तम लाल संघाईको ०.६८ प्रतिशत, पशुपति मुरारकाको ०.५८ प्रतिशत तथा सन्तोष राठीको ०.५४ प्रतिशत शेयर स्वामित्व रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...