एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको पुस ९ गते बसेको संचालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको हो।
नवनियुक्त अध्यक्ष अग्रवालले आज नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन्।
उनले उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने र उनको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गरि बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।













