Monday, May 4, 2026
spot_img
spot_img

ग्लोबल आइएमई बैंकद्वारा एसएमई कर्जा विस्तारका लागि डिएआई–उदयसँग सहकार्य

spot_img
spot_img

ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजना बीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टि अरुण रानाले हस्ताक्षर गरेका छन्।

समझदारी पश्चात् कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरुलाई सहजरुपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरुको व्यवसाय विस्तार सँगै रोजगारी वृद्धि हुने विश्वास बैंकले लिएको छ ।

यस सम्झौता अनुशार, डिएआई–उदय परियोजनाले छनौट गरेका उद्यम तथा व्यवसायहरुले ग्लोबल आइएमई बैंकको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहजरुपमा कर्जा पाउनेछन् । नेपाल सरकार तथा स्विट्जरल्याण्ड सरकारको द्विपक्षिय पहलस्वरुप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरुमा डिएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको छ ।

डिएआई–उदय परियोजनाले कोशी प्रदेशमा नबिकरणिय उर्जा, कृषी प्रशोधन, आईटी, पर्यटन तथा उत्पादनमुलक उद्योग लगायतका व्यवसायहरुलाई कर्जाको उपलब्धता तथा व्यवसायिक उन्नतीको लागि वित्तीय श्रोतमा सहज वातावरण बनाईरहेको छ ।

बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई  सेवा प्रदान गर्दै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आज सोमबार सुनको भाउ घटेको छ। आइतबार प्रतितोला २...

एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि राष्ट्र बैंकले दियो स्वीकृति

नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि...

घाटामा रहेको कम्पनीले कागजी नाफा देखाएर अब आईपीओ निकाल्न पाउदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  सरकार अब आईपीओ...

सोपान फर्मास्युटिकल्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त...

प्रत्येक भूमिहीन नागरिकलाई स्थायी आवास सुनिश्चित गर्छौं: प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र...

अध्यक्षबाट बिदा हुँदै चन्द्र ढकाल, अब अन्जन श्रेष्ठको काँधमा महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षबाट अब चन्द्र ढकाल बिदा...
spot_img