Tuesday, August 25, 2026
spot_img
spot_img

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका

spot_img

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १७ प्रदान गर्नेछ ।

बैंकका अनुसार यस योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखे वापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्ने समेत अवसर रहेको छ । यो योजना मंसिर १५, २०८२ देखि पौष २५, २०८२ सम्म लागू रहनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्टप्रयोग गरी न्यूनतम् ३ पटक रकमान्तर गरेको हुनपर्ने छ ।

ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय संचालनमा छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...

‘सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गर्नुहुन्न’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...