Thursday, July 16, 2026
spot_img

कार्यकारी निर्देशकमा बढुवा भएको १३ महिना मै डेपुटी गभर्नर बने किरण पण्डित

spot_img

नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनरमा  किरण पण्डित नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकमा कार्यकारी निर्देशक रहेका पण्डितलाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकमा दुई जना डेपुटी गर्भनर पद रिक्त रहे पनि सरकारले आज एक पदमा मात्र नियुक्ति गरेको हो  ।

किरण पण्डित कार्यकारी निर्देशकमा बढुवा भएको १३ महिना मै डेपुटी गभर्नर नियुक्त भएका हुन् । उनी २०८१ फागुन १ मा निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका थिए। कार्यकारी निर्देशकमा बढुवा भएको १३ महिना मै उनी डेपुटी गभर्नरमा नियुक्त भएका हुन् ।

किरण पण्डित अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका जिल्ला(तनहुँ)वासी पनि हुन् । उनी कार्यकारी निर्देशकको सातौँ वरियतामा थिए। २०६२ सालमा राष्ट्र बैंक सेवामा प्रवेश गरेका उनी हाल विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वमा छन्।

नेपाल राष्ट्र बैंक ऐनमा कार्यकारी निर्देशकहरु मध्येबाट डेपुटी गभर्नर नियुक्त गर्नु पर्ने व्यवस्था छ। राष्ट्र बैंकमा कार्यरत १८ जना कार्यकारी निर्देशक नै डेपुटी गभर्नर नियुक्तिको लागि योग्य हुन्छन् । डेपुटी गभर्नरको लागि गभर्नरले ४ जना कार्यकारी निर्देशकको नाम सिफारिस गर्ने र ति मध्ये दुई जना डेपुटी गभर्नर नियुक्त हुने व्यवस्था छ।

गत फागुन २४ गतेदेखि नेपाल राष्ट्र बैंकका दुवै डेपुटी गभर्नरको कार्यकाल सकिएपछि राष्ट्र बैंकमा डेपुटी गभर्नर पद रिक्त थियो।  डेपुटी गभर्नर रहेका डा.निलम ढुंगाना र बम बहादुर मिश्रको कार्यकाल गत फागुन २४ गते सकिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img