Monday, December 9, 2024

राष्ट्र बैङ्कद्वारा ५ विकास बैङ्क र ३ फाइनान्सलाई कारवाही

नेपाल राष्ट्र बैंकले ५ वटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रयमास अवधिमा यी वित्तीय संस्थालाई कारवाही गरेको हो ।

कारवाहीमा परेका संस्थामा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक , एक्सेल डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र रिलायन्स फाइनान्स रहेका छन् । 

कसलाई के कारवाही ?

कर्णाली विकास बैंक :  संस्थाले नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात कायम नगरेको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा यस बैंकबाट जारी इ.प्रा.निर्देशन नं. १३÷०८० को बँुदा नं. १ को उपबुँदा ३, ४ र ५ तथा इ.प्रा.निर्देशन नं. २१÷०८० को बुँदा नं. ७ (संशोधन समेत) मा भएको व्यवस्था बमोजिम रु.२,५४६.७२ जरिबाना लगाइएको ।

नारायणी डेभलपमेन्ट बैंक :बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क) बमोजिम संस्थालाई मिति २०८०÷ १०÷२१ मा गरिएको शीघ्र सुधारात्मक कारवाहीलाई निरन्तरता दिइएको ।

कर्पोरेट डेभलपमेन्ट बैंक :बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९ को उपदफा (२) मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि यस बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको, यस बैंकवाट जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन, २०६३ को दफा ७६ को उपदफा (१) विपरित हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको६ महिना भित्र ( म्याद थप सहित) लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको ।

सिन्धु विकास बैंक : संस्थाले मिति २०८१÷०३÷११ मा पठाएको वित्तीय विवरण अनुसार सुपरिवेक्षकीय समायोजन पश्चात संस्थाको पुँजीकोष अनुपात ६.७१ भई यस बैंकद्धारा इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी एकीकृत निर्देशनको इ.प्रा.नं. १ मा उल्लिखित कायम गर्नुपर्ने न्यूनतम पुँजीकोष अनुपात ३२.९० प्रतिशतले नपुग भएको हुँदा बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ख) बमोजिम शीघ्र सुधारात्मक कारवाही गरिएको ।

सिन्धु विकास बैंक : बैकबाट जारी एकीकृत निर्देशनको व्यबस्था विपरित चेक खरिद गरको, चेकलाई धितोको रुपमा लिएको र सो चेकको आधारमा रु.२ करोड ५० लाख बराबरको शेयर धितो फुकवा गर्ने निर्णय सञ्चालक समितिबाट गरे गराएको, व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका ४ वटा ऋणीहरुलाई प्रवाह गरिएको कर्जाको साधारण व्याज समेत मिनाह गरी साँवा रकम मात्र असुल उपर गर्ने सञ्चालक समितिको निर्णयबाट संस्थालाई हानी पुगेको र यसबाट लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरीतका कार्यहरु भएको हुँदा संस्थाको अध्यक्षको हैसियतले त्यस्तो कार्यहरु हुन नदिन प्रयास गरेको नदेखिएको, यस बैंकको निर्देशन विपरित त्यस ंस्थामा गरिएका हरेक निर्णय व्यवस्थापनको सिफारिसमा गरीएको भनी निर्णयको स्वामित्व लिन नखोजी गैह–जिम्मेवारीपूर्ण तर्क पेश गरेको तथा संस्था सुधारका लागि यस बैंकबाट पटक पटक दिइएका निर्देशनहरू पालना नगरेकोले संस्थाको सञ्चालक समितिका अध्यक्ष, श्री राजेन्द्र कुमार श्रेष्ठलाई नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम रु.५ लाख नगद जरिबाना गरिएको ।

एक्सेल डेभलपमेन्ट बैंक : बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९ को उपदफा (२) मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरी त्यस्तो विवरण सर्वसाधारणक जानकारीको लागि यस बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको, यस बैंकवाट जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन, २०६३ को दफा ७६ को उपदफा (१) विपरित हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको६ महिना भित्र (म्याद थप सहित) लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ( २) को खण्ड (क) बमोजिम सचेत गराइएको।

बेस्ट फाइनान्स : बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९ को उपदफा (२) मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि यस बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको, यस बैंकवाट जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन, २०६३ को दफा ७६ को उपदफा (१) विपरित हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको६ महिना भित्र (म्याद थप सहित) लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट बैंक ऐन, २०५८ का दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको।

रिलायन्स फाइनान्स :बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९ को उपदफा (२) मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि यस बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको, यस बैंकवाट जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन, २०६३ को दफा ७६ को उपदफा (१) विपरित हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको६ महिना भित्र (म्याद थप सहितं) लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको।

प्रोग्रेसिभ फाइनान्स : संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६२ अनुसार तोकिएको समयावधिभित्र वाह्य लेखापरीक्षण सम्पन्न गरी कम्पनी ऐन, २०६३ को दफा ७६ मा तोकिएको समयावधिभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्नेमा आ.व. २०७८÷७९ को वार्षिक साधारण सभा आ.व. २०८०÷८१ मा सम्पन्न गरेको र आ.व. २०७९÷८० को वाह्य लेखापरीक्षण प्रतिवेदन प्रकाशन गर्न सहमतिका लागि हालसम्म यस बैंक समक्ष पेश नगरेको हुँदा पटक पटक उपरोक्त व्यवस्थाहरुको पालना नभएको देखिएकोले संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उप–दफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको ।

 

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मोदी सरकारले राजस्व सचिवलाई बनायो केन्द्रीय बैंकको गभर्नर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले राजस्व सचिवलाई केन्द्रीय बैंकको...

नाडा र नाडाका प्रादेशिक एशोसिएशनबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, चितवन अटोमोवाइल्स एशोसिएशन र...

संखुवाखोला आयोजनाको वित्त व्यवस्थापन, ४ बैंकले ६१५ करोड लगानी गर्ने

४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजनाको वित्त व्यवस्थापन भएको...

४ महिनामा वाणिज्य बैंकको खुद नाफा २२ अर्ब बढी, कुनको कति ? (सूचीसहित)

चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा वाणिज्य बैंकहरुले २२...

बीमा प्राधिकरण अध्यक्ष विरुद्द भ्रष्ट्राचार मुद्दा: यस्ता छन् अनुसन्धानमा खुलेका १६ विषय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणमा अध्यक्ष सूर्य...

हुन्डाई नेपालको ‘December Delight’: छुट, एक्सचेन्ज बोनस र बीमाको सुविधा

नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....
spot_img