Sunday, November 9, 2025
spot_img

गभर्नरको लागि भेटिएन भने जस्तो घर, राष्ट्र बैंकले थप्यो प्रस्ताव गर्ने म्याद

spot_img

नेपाल राष्ट्र बैंकका गभर्नर बस्नको लागि भने जस्तो घर नभेटिएपछि राष्ट्र बैंकले घर भाडाको लागि प्रस्ताव पेश गर्ने अवधि थप गरेको छ । राष्ट्र बैंकले गभर्नरको आवासको लागि घर भाडामा लिने सम्बन्धमा गत असोज १२ गते सूचना प्रकाशित गरी असोज २७ गतेसम्म घर भाडा सम्बन्धी प्रस्ताव पेश गर्न आव्हान गरेको थियो।

तर भने जस्तो घर नभेटिएपछि राष्ट्र बैंकले घर भाडाको लागि प्रस्ताव पेश गर्ने अवधि थप गरेर कार्तिक १६ गतेसम्म पुर्याएको छ । राष्ट्र बैंकले तोकेअनुसारको घर भएका र भाडाको लागि दिन इच्छुक रहेका घरधनीले कार्तिक १६ गतेसम्म राष्ट्र बैंकमा प्रस्ताव पेश गर्न सक्ने छन्।

जेन्जी आन्दोलनको क्रममा गभर्नरको घर जलेको थियो । त्यस पछि राष्ट्र बैंकले  नेपाल राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (पाँचौ संसोधन समेत) को विनियम ९० को उप विनियम (१) अनुसार गभर्नरको लागि भाडामा घर खोजेको हो।

राष्ट्र बैंकले ललितपुर जिल्ला, ललितपुर महानगरपालिकाको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको, कम्तीमा ६ वटा कार/जीप पार्किङ्ग गर्न मिल्ने, आर. सि. सि. स्ट्रक्चर सहित कम्तीमा १००० वर्ग फिट पिलिन्थ क्षेत्रफलमा निर्माण भएको, कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ वटा बेडरुम, लिभिङ्ग हल, किचन, डाइनिङ्ग हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवन ( Guard House) को व्यवस्था भएको, सुरक्षित कम्पाउण्ड वाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा विजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रवन्ध भएको २.५ तला देखि ३ तलासम्मको घर खोजेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

एक्यानको अध्यक्षमा अनुप नेपाल निर्वाचित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को अध्यक्षमा अनुप नेपाल...
spot_img
spot_img
spot_img