Wednesday, May 6, 2026
spot_img
spot_img

राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

spot_img
spot_img

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा.विश्वनाथ पौडेल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । उनको कार्यकाल ५ वर्षको हुने छ।

यस अघि आज नै बसेको गभर्नर सिफारिस समितिको बैठकले गभर्नरको लागि ३ जनाको नाम सिफारिस गरेको थियो। जसमा डा. पौडेलको नाम एक नम्बरमा सिफारिस भएको थियो। पौडेलसंगै हाल कामु गभर्नरको जिम्मेवारीमा रहेकी डेपुटी गभर्नर डा. निलम तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो। ति मध्येबाट पौडेल गभर्नर नियुक्त भएका हुन् ।

अर्थशास्त्री रहेका पौडेलले अमेरिकाबाट एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्समा पीएचडी गरेका छन्। उनी  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पनि भैसकेका छन्। पौडेल हाल काठमाडौं विश्वविद्यालयका प्रोफेसर हुन् । उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव पनि छ । उनले विश्वबैंकको लागि कन्सल्टेन्टको रुपमा पनि काम गरिसकेका छन् । उनी सानिमा बैंक र सानिमा मिडिल तमोर हाइड्रोको संचालक पनि भएका थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघको केन्द्रीय सदस्यमा अविज्ञा र जुना निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट महिला केन्द्रीय सदस्यमा जुना...

बहालवाला उपाध्यक्षलाई हराउँदै एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग...

महासंघको एसोसियट उपाध्यक्षमा पाण्डे २५५ मतले अगाडि, गणना हुन बाँकी मत जम्मा ३३४

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...

नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर...

समृद्धि फाइनान्सद्वारा अनलाईन मार्फत धितो बन्धक रोक्का र फुकुवा सेवा सूचारु 

समृद्धि फाइनान्सले अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का र...

एसोसियट मतगणनाः १२ सय भोट गणना हुँदा प्रबलजंगलाई १८० मतको अग्रता

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...
spot_img