Sunday, May 25, 2025
spot_img

बजारमा अधिक तरलता: बैंकहरुले २१ दिनको लागि राष्ट्र बैंकमा २७५० करोड राखे

spot_img
spot_img

बजारमा अधिक तरलता भएपछि आज आइतबार नेपाल राष्ट्र बैङ्कले २७ अर्ब बढी रकम बजारबाट खिचेको छ । आज आइतबार राष्ट्र बैंकले २७ अर्ब ५० करोड रकम खिचेको हो ।

राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले २१ दिनको लागि आज निक्षेप संकलन बोलकबोल उपकरण मार्फत ५० अर्ब रकम खिच्नको लागि सूचना जारी गरेको थियो। यस बोलकबोलमा १३ वटा बैंक तथा वित्तीय संस्था सहभागी भएर १३ वटा प्रस्ताव परेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले ५० अर्ब खिच्न खोजे पनि बैंकहरुले २७ अर्ब ५० करोडको लागि मात्र आवेदन दिएका हुन् । २७ अर्ब ५० करोडको आवेदन परेकोमा राष्ट्र बैंकले पुरै २७ अर्ब ५० करोड बजारबाट खिचेको छ।

बैंकहरुले अधिकतम ३ प्रतिशत र न्युनतम २.९९०० प्रतिशत ब्याजमा सो रकम राख्न प्रस्ताव गरेका थिए । राष्ट्र बैंकले भारित औसत ब्याजदरको रुपमा २.९९९९ प्रतिशत ब्याजमा सो रकम संकलन गरेको छ। यो भनेको बैंकहरुले भारित औसत २.९९९९ प्रतिशत ब्याजदर आउने गरि २१ दिनको लागि राष्ट्र बैंकमा २७ अर्ब ५० करोड राखेका हुन् । राष्ट्र बैंकले जेठ ११ गते यसको सावाँ तथा ब्याज बैंकहरुलाई फिर्ता गर्ने छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था थियो।

के हो निक्षेप संकलन ?

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क
तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने व्यवस्था छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिन्छ। निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिन्छ। समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिन्छ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइदैन। तर, राष्ट्र बैङ्कको निर्देशन बमोजिम कायम राख्नुपर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img