Wednesday, May 6, 2026
spot_img
spot_img

नेपालमै पहिलो पटक ६ करोड डलरको हरित वण्ड जारी हुने, एनएमबिले गर्यो सम्झौता

spot_img
spot_img

एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय संस्था आइएफसी र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँमा अंकित हरित वण्ड (Green Bond) जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर गरेको छ।

यस साझेदारीमार्फत जलवायु परियोजनामा संलग्न उद्यममा लगानी बढाउने, गुणस्तरीय रोजगारी सिर्जना गर्ने र देशको उर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य लिइएको बैंकले जनाएको छ।

वण्डबाट संकलित रकम विशेषतः सौर्य ऊर्जा, विद्युतीय सवारी साधन, हरित भवन निर्माण, बायोमास परियोजनाजस्ता नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी गरिनेछ। यस पहलले नेपालको जलवायु अनुकूलन तथा दिगोपन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले नवीकरणीय उर्जा लगायतका क्षेत्रहरुमा एक परिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे । साथै, उनले एनएमबि बैंकको यस पहलले विदेशी पूँजीलाई स्वदेशमा भित्र्याई जलबायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्युनिकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानन्यायाधीश सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

संवैधानिक परिषदका अध्यक्ष रहेका प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को...

बहालवाला उपाध्यक्षलाई भारी मतान्तरले हराउँदै एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग...

होटेल सब्रिना लिमिटेडको विशेष साधारणसभा सम्पन्न, पुँजी वृद्धि प्रस्ताव पारित

होटेल सब्रिना लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ ।...

महासंघको केन्द्रीय सदस्यमा अविज्ञा र जुना निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट महिला केन्द्रीय सदस्यमा जुना...

बहालवाला उपाध्यक्षलाई हराउँदै एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग...

महासंघको एसोसियट उपाध्यक्षमा पाण्डे २५५ मतले अगाडि, गणना हुन बाँकी मत जम्मा ३३४

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...
spot_img