Saturday, April 19, 2025
spot_img

ग्लोबल आइएमई बैंकको क्यालेण्डरमा दशकौं पुरानो जीवनशैली झल्काउने दुर्लभ तस्वीर  

ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबिच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

क्यालेण्डरमा दशकौं अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्वीरहरु समावेश गरिएको छ । तस्वीरहरुले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्ताहरुलाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्ने बैंकको विश्वास छ ।

क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए।

विगतका वर्षहरुमा क्यालेण्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने  ‘नेपालको सर्वांगिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बैैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ ।’

कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img