Saturday, March 7, 2026
spot_img

 प्रभु बैंकद्वारा बुर्तिबाङमा ग्लोबल मनी वीकको अवसरमा र्‍याली आयोजना

spot_img
spot_img

प्रभु बैंकको गण्डकी प्रदेशद्वारा बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसर पारेर आज एक बित्तिय जनचेतनामूलक र्‍यालीको आयोजना गरेको छ। “अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं, अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं।” भन्ने मूल नाराका साथ आयोजित यस र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको बैंकले जनाएको छ।

र्‍यालीमा सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए। कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पारेका थिए। उनले बालबालिका, बृद्घ तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस र्‍यालीको मुख्य उद्देश्य युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्व बुझाउदै वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ। बैंकले आगामी दिनहरुमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चितवन २ मा रवि लामिछाने विजयी

प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

‘रेड जोन’मा रहेका एमालेका शीर्ष नेताहरु

प्रतिनिधिसभा सदस्यको निर्वाचन पश्चात अहिले धमाधम प्रारम्भिक मतपरिणाम आइरहेको...

नेकपाले खोल्यो खाता, रुकुम पूर्वमा प्रचण्ड विजयी

रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका...

काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश

अदालतले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।...

झापा ५ : बालेनको १० हजार भोट कट्दा ओलीको ३ हजार पनि पुगेन

झापा ५ मा बालेन शाहले आफ्नो अग्रता झन् बढाउदै...
spot_img