Friday, May 23, 2025
spot_img

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दिर्घायु पोखरा अस्पतालमा छूट

spot_img

मुक्तिनाथ विकास बैंकका ग्राहकले कास्की जिल्लाको पोखरा–८ स्थित पृथ्वीचोकमा रहेको दिर्घायु पोखरा अस्पतालसँग छूट पाउने भएका छन् ।  आफ्ना ग्राहकलाई थप सेवा दिन बैंकले अस्पतालसँग छूट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

उक्त व्यवसायिक सम्झौता पश्चात कम्पनीका ग्राहकहरुले दिर्घायु पोखरा अस्पतालकोे विभिन्न सेवाहरु जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी, आदिमा विशेष २० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

साथै, कम्पनीले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरि नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट नि शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी, प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु पनि कम्पनीले शाखा कार्यालयमा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था पनि गरेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img