Thursday, July 16, 2026
spot_img

अर्थ सचिवसँग सहकारी छानविन समितिको छलफल, गोरखा मिडियामा गएको रकम यकिन गर्न पत्राचार

spot_img

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज अर्थ र राजस्व सचिवसहित छलफल गरेको छ । छलफलबाट संसदीय छानबिन विशेष समितिले नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको रकम दुरुपयोग भएको निष्कर्ष निकालेको छ ।

छलफलमा अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, भन्सार विभागका महानिर्देशक ढुण्डीराज निरौला, आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी र ऋण असुली न्यायाधिकरणका अध्यक्ष कमलराज गौतम र ऋण असुली न्यायाधिकरणका बैंकिङ सदस्य नरेशराज अर्यालसँग छलफल गरेको छ ।

आजको बैठकमा सहकारी सम्बन्धि कानुनको कार्यान्वयन, सहकारी ऐनले परिकल्पना गरेका संरचनाको स्थापना र सञ्चालन तथा पीडितहरूको समस्या समाधानको लागि ठोस ढंगले निर्णय गर्ने निष्कर्ष निकाले छानबिन समितिका संयोजक सुर्य थापाले जानकारी दिए ।

भएका नियमनकारी निकायहरू कमजोर हुनु र दोस्रो चरणको नियमनकारी निकाय स्थापना गर्ने विषय २० वर्षसम्म छलफलमा मात्रै सीमित हुनुले सहकारीबाट बचतकर्ताको रकम दुरुपयोग हुन पुगेको निचोडमा समिति पुगेको छ ।

यसैबीच, आजको छानबिन समितिको बैठकले शिवशिखर, हाम्रो कृषि अभियान, तुलसी, सुमेरू, सूर्य दर्शन, सुप्रिम, सहारा, सानो पाइला, स्वर्णलक्ष्मी लगायतका सहकारी संस्थाहरुबाट गोरखा मिडिया नेटवर्क प्रा.लि. लगायतका कम्पनीमा प्रवाह भएको रकमको विवरण उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई पत्राचार गर्ने समेत निर्णय गरेको संयोजक थापाले जानकारी दिएका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img