Wednesday, June 18, 2025
spot_img

सबैको र साधना लघुवित्तको एकिकृत कारोबार असार ३० बाट, अध्यक्ष र सीइओ को ?

spot_img
spot_img

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भएर चालु आर्थिक वर्ष भित्रै एकिकृत कारोबार गर्ने भएका छन्। हाल सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले सम्पदा लघुवित्तको नामबाट २०८१ असार ३० गतेबाट एकिकृत कारोबार सुरु गर्ने तयारी रहेको जानकारी दिए।

नेपाल राष्ट्र बैंकले असार १३ गते सम्पदा लघुवित्तको नामबाट एकिकृत कारोबार गर्न स्वीकृति प्रदान गरिसकेको छ। यस अघि राष्ट्र बैंकले  साधना लघुवित्त वित्तीय संस्था रहने गरी  स्वीकृति दिएपछि विवाद बढेको थियो । सबैको लघुवित्तका कर्मचारीहरुलले मर्जरपछि बन्ने लघुवित्तको नाम सबैको साधना लघुवित्त हुनु पर्ने माग सहित आन्दोलन थालेका थिए । आन्दोलनपछि सम्पदा लघुवित्तको नाममा सबै सहमत भएका हुन् ।

सम्झौता अनुसार सम्पदा लघुवित्तको अध्यक्षमा हाल साधनाका अध्यक्ष कृष्ण बहादुर थापा रहने छन् । त्यस्तै सबैको लघुवित्तका हालका सीइओ केशव कुमार पौडेल सम्पदा लघुवित्तको सीइओ बन्ने छन् । हाल साधनाको सीइओ रहेका रेशम न्यौपाने सम्पदा लघुवित्तको डेपुटी सीइओ  रहने छन् ।

दुवै कम्पनी १:१ को स्वापमा मर्ज हुन लागेका हुन् । हाल साधनाको केन्द्रीय कार्यलय गोरखाको हरमटारीमा रहेको छ भने सबैकोको केन्द्रीय कार्यलय तनहूँको डुम्रेमा रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

होटललाई औद्योगिक ग्राहकमा रुपान्तरण गरिँदै, घट्दै बिजुलीको महशुल

नेपाल विद्युत प्राधिकरणले सरकारको घोषणा अनुसार होटललाई औद्योगिक ग्राहकमा...

भारत आउने भयो एलन मस्कको स्टारलिंक इन्टरनेट, केन्द्र सरकारले दियो अनुमति

भारत सरकारले एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको स्टारलिंकलाई भारतमा...

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...
spot_img