Tuesday, August 18, 2026
spot_img

सबैको र साधना लघुवित्तको एकिकृत कारोबार असार ३० बाट, अध्यक्ष र सीइओ को ?

spot_img

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भएर चालु आर्थिक वर्ष भित्रै एकिकृत कारोबार गर्ने भएका छन्। हाल सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले सम्पदा लघुवित्तको नामबाट २०८१ असार ३० गतेबाट एकिकृत कारोबार सुरु गर्ने तयारी रहेको जानकारी दिए।

नेपाल राष्ट्र बैंकले असार १३ गते सम्पदा लघुवित्तको नामबाट एकिकृत कारोबार गर्न स्वीकृति प्रदान गरिसकेको छ। यस अघि राष्ट्र बैंकले  साधना लघुवित्त वित्तीय संस्था रहने गरी  स्वीकृति दिएपछि विवाद बढेको थियो । सबैको लघुवित्तका कर्मचारीहरुलले मर्जरपछि बन्ने लघुवित्तको नाम सबैको साधना लघुवित्त हुनु पर्ने माग सहित आन्दोलन थालेका थिए । आन्दोलनपछि सम्पदा लघुवित्तको नाममा सबै सहमत भएका हुन् ।

सम्झौता अनुसार सम्पदा लघुवित्तको अध्यक्षमा हाल साधनाका अध्यक्ष कृष्ण बहादुर थापा रहने छन् । त्यस्तै सबैको लघुवित्तका हालका सीइओ केशव कुमार पौडेल सम्पदा लघुवित्तको सीइओ बन्ने छन् । हाल साधनाको सीइओ रहेका रेशम न्यौपाने सम्पदा लघुवित्तको डेपुटी सीइओ  रहने छन् ।

दुवै कम्पनी १:१ को स्वापमा मर्ज हुन लागेका हुन् । हाल साधनाको केन्द्रीय कार्यलय गोरखाको हरमटारीमा रहेको छ भने सबैकोको केन्द्रीय कार्यलय तनहूँको डुम्रेमा रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका...

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का...

विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल

विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित...

भदौ ९ देखि नाडा अटो शो हुँदै: २०० बढी स्टल रहने, २ लाखले अवलोकन गर्ने अनुमान

नाडा अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६...

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...
spot_img